• १७ मंसिर २०८०, आइतवार
  • १२ °C काठमाडौं
किन गरिँदैछ बारबर्दियामा पौराणिक लोकनृत्य ?

मुरली गोडिया, गुलरिया (बर्दिया) बारबर्दियामा राष्ट्रिय थारु कलाकार मञ्च बर्दियाको अयोजनामा पौराणिक लोक नृत्य प्रतियोगिता तथा बृहत सांस्कृतिक कार्यक्रम असोज २६ र २७ गते हुँदैछ । आदिवासी जनजाती समुदायमा रहेका पौराणिक लोककलाको संरक्षणगर्दै प्रोत्साहन गर्ने, बर्दियाली कलाकारहरुको मनोबल बढाउन हौसला प्रदान गर्ने तथा कला तथा गीत संगीत जगेर्ना गर्न सकृयता तथा सहभागीतामा बृद्धि गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गर्न लागिएको हो ।


बारबर्दिया नगरपालिका वडा नम्बर ५ को बर्दिया गाउँमा १२ लाख रुपैयाको लागतमा आयोजना हुन लागेको प्रतियोगिताले आदिवासी जनजाती समुदायमा रहेका पौराणिक लोककलाको संरक्षण गर्न अभप्रेरितगर्दै प्रोत्साहन हुनेगरी बर्दियाली कलाकारहरुको मनोबल र हौसला बढ्ने विस्वास लिईएको मञ्चका अध्यक्ष प्रदेशी चौधरीले बताउनु भयो । कला तथा गीत संगीत जगेर्ना गर्नमा सकृयता र सहभागीतामा बृद्धी हुने आशा समुदायको छ । पौराणिक लोककला नयाँ पुस्तामा हस्तान्तण गर्न टेवा पुग्ने, स्थानिय रैथाने खानपानको व्यवसायिकरण गर्न टेवा पुग्ने र जिल्लामा रहेका ऐतिहासिक, सास्कृतिक तथा पौराणिक स्थलहरुको कार्यक्रम मार्फत प्रचार प्रसार हुने समेत विश्वास लिइएको छ ।


राष्ट्रिय थारु कलाकार मञ्च मुनाफा रहित जनहितकारी समाजिक संस्था हो । यसको केन्द्रिय कार्यालय काठमाण्डौ महानगरपालिका वडा नम्बर ३२ मा रहेको छ । संस्था जिल्ला प्रशासन कार्यालय काठमाण्डौंमा २०७५ साल जेष्ठ ९ गते दर्ता भएको हो । आदिवासी जनजाती कलाकारहरुलाई मञ्चमा आबद्ध गराउने, कलाकारहरुको पेशागत अधिकार संरक्षण गर्दै बौद्धिक, शारिरिक, नैतिक एवं आत्मविश्वासको विकास तथा उत्थानको लागी कृयासिल रहने, कला र संस्कृतिको विकास गर्ने हेतुले कला क्षेत्रमा कार्य गर्ने, अत्य संघ संस्थाहरु संग कार्य गर्ने संस्थाको उद्धेश्य रहेको छ । 


विभिन्न कार्यक्रम तथा चलचित्र महोत्सवको आयोजना गर्ने तथा सहभागिता जनाउने, नेपाल सरकारसंग अनुमती लिई यस संस्थाले आफ्नै सञ्चार गृह स्थापना गरी कला संस्कृती र पौराणिक खेलकुद तथा अन्य लोपोन्मुख संस्कृतीलाइ प्रवद्र्धन तथा जगेर्ना गर्ने तथा संस्कृती एवम् भाषाको जगेर्नागर्दै आदिवासी जनजाती समुदायको भाषामा औपचारिक शिक्षाको लागी प्रयत्नसिल रहने समेत संस्थाको उद्धेश्य रहेको संस्थाले जनाएको छ ।

सम्बन्धित समाचार

Facebook Comments