• १७ मंसिर २०८०, आइतवार
  • १२ °C काठमाडौं
मानब बेचबिखन बिरुद्ध किशोरीहरुलाई सचेतना 

बर्दिया । माइती नेपालको आयोजना, फ्रिअ गर्लको सहयोग तथा गुलरिया नगरपालिका र मधुवन नगरपालिकाको समन्वयमा मानब बेचबिखन तथा ओसारपसार बिरुद्धको संभावित जोखिम न्युनिकरणका लागी एक दिबसीय अभिमुखीकरण गरिएको छ । मंगलबार र बुधवार गुलरिया तथा मधुवन नगरपालिकामा अन्र्तक्रियात्मक अभिमुखीकरण गरिएको हो ।  


मानब बेचबिखन तथा ओसारपसार बिरुद्धको संभावित जोखिम न्युनिकरणका लागी आयोजित अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रममा गुलरीया नगरपालिकाका उपप्रमुख साबित्रा गौतम र मधुवन नगरपालिकाको उपप्रमुख अनिता चौधरीको प्रमुख आथित्यतामा कार्यक्रम गरिएको छ ।  मानव बेचबिखन तथा ओसारपसार एक सामाजिक अपराध एवं मानबिय समबेदना सित जोडिएको बिषय भएको कुरामा सहमत भई मानब बेचबिखन तथा ओसारपसारको बिरुद्धमा सबै लाग्नु पर्ने, यो बिषय सबैको साझा समस्या रहेको पहिचान गरिएको छ । 


माइती नेपालसँग समन्वय गरेर कार्य गर्न तयार रहेको पालिकाहरुले ईच्छा प्रकट गरेका छन् ।  समुदाय स्तरमा समेत जनचेतना मुलक अभियान संचालन गर्ने, र जोखिमपुर्ण अबस्थामा रहेका बाल बालिका तथा महिला किशोरीहरुलाई सचेतना कार्यक्रमहरु संञ्चालन गरिने प्रतिवद्धता सहभागी पालिकाहरुले गरेको छन् । माइती नेपालले गरेको कार्यक्रमको प्रसंसागर्दे यस्ता खालका कार्यक्रमले मन छोएको छ । मानबले मानबलाई नै बेच्नु सबै भन्दा ठुलो समस्या भएको गुलरिया नगरपालिकाकी उप प्रमुख साबित्रा गौतम र मधुवन नगरपालिकाकी उपप्रमुख अनिता चौधरीले बताउनु भयो ।

मानव बेचबिखन बिरुद्धका सन्देश मुलक एवं मानव बेचबिखन बिरुद्ध क्रीयासिलताको प्रतिबद्धता समेत दुवैले ब्यक्त गर्नु भएको थियो । कार्यक्रमले आफुहरुलाई सचेत रहन प्रेरणा मिलेको र आफुहरुले सिकेका र बुझेका कुराहरु साथीहरु, घर परिवार र समाजमा फैलाउने सहभागी किशोरीहरुले बताएका छन् । गुलरिया वडा नम्बर ९ निवासी किशोरी सोनिया थापा मगरले भन्नुभयो, मानब बेचबिखन भनेको मैले सुनेको मात्र थिए तर यसरी बेचबिखन हुन्छ र बेचिएपछि यती धेरै मानसिक र शारिरीक यातनाहरु सहनु पर्ने सुनेकी थिईन । चुरोटका ठुटाहरुले डाम्ने, करेन्ट लगाउने, स्प्रिटहरु शरीरमा खन्याउने लगायतका निकृष्ट ब्यवहार बेचिएका चेलीवेटी माथी हुने गरेको थापामगर बताउनु हुन्छ ।

बिभिन्न घट्नामा भएका तस्बिर हरुमा पीडादायी घटना बाहिरिने गरेको प्रति भाबबिव्हल बन्दै मानब बेचबिखन गर्ने दलाललाई कडा भन्दा कडा कारर्वाही हुनु पर्ने उहाँको माग छ । बेचविखनमा संलग्न अपराधीलाई फाँसीको सजाय पनि कम हुन्छ । यस बिषयमा सरकारको ध्यान आर्कषण होस । उहाँले भन्नुभयो अब बन्ने कानुन यस्तै कडा बनोस् । आफु पढेर यसै गरी समाज सेवामा लाग्ने र हिसामा परेका महिला बालबालिकाहरुको सेवागर्दै दलाल हरुलाई सजाय दिनमा सघाउने कुरा ब्यक्त गर्नुभयो । 


सहभागीहरुलाई उक्त बिषयसँग सम्बन्धीत भिडियो समेत कार्यक्रममा देखाइएको थियो । बालबालिकाहरु माथी यौन शोषण र श्रमशोषणको घट्नाहरुमा बिभिन्न्न किसिमका चुनौतीहरु आएको हुँनाले यस्तो कार्यक्रमहरु गर्नुपरेको हो । कार्यक्रममा सहभागी किशोरीहरुलाई माइती नेपालले गरेको कामको बारेमा र मानब बेचबिखनको बर्तमान अबस्था, बेचबिखनका कारणहरु दलालले अपनाउने तौर तरिका, बेचबिखनका प्रयोजन र कानुनी ब्यबस्थाको बारेमा सहजीकरण माइती नेपाल बर्दियाकी संयोजक गायत्री रिमालले गर्नुभएको थियो । गुलरीया नगरपालिकाको १२ वटै वडाबाट २७ जना र मधुवन न.पाको ९ वटै वडा बाट २३ जना गरी ५० जना किशोरीहरु कार्यक्रममा सहभागी थिए । 

सम्बन्धित समाचार

Facebook Comments