बैदेशिक रोजगारीबाट फर्किएका महिलाहरुलाई तालिम
विष्णु अधिकारी, गुलरिया (बर्दिया) । बैदेशिक रोजगारीबाट फर्किएका महिलाहरुलाई नेतृत्व विकास तालिम दिईएको छ । बर्दियाको गुलरियामा बैदेशिक रोजगारीबाट फर्किएका र जाने सोचमा रहेका महिलाहरुका लागि ५ दिने तालिम मार्फत नेतृत्व विकासगर्दै स्वदेशमा रोजगारी सिर्जना गर्ने उद्देश्यले तालिम दिईएको हो ।
नेपालमा होस या विदेशमा नेपाली महिला आप्रवासी कामदारहरुको हित र प्रवद्र्धनका निमित्त संस्थाले कामगर्दै आइरहेको आमकास नेपालकी कार्यकारी निर्देशक विजया कुमारी राईले बताउनु भएको छ । आप्रवासी हितका लागि संस्थाले वकालत, निति कार्यान्वयन र अनुसन्धानगर्दै आइरहेको छ । बैदेशिक रोजगारीबाट दुख पाएर फर्केका महिलाहरुका लागि सुरक्षित आवासगृह र सार्वजनिक सरोकारका विषयमा पैरवीगर्दै महिलाहरुको क्षमता अभिवृद्धिका लागि तालिम संचालन गरेको उहाँको भनाई छ । संस्थाले बैदशिक रोजगारलाई सुरक्षित, सम्मानित र व्यवस्थित गर्न तालिमहरु संचालन गरेको हो ।
तालिमका सहभागी बैदेशिक रोजगारीबाट फर्किएकी शोभा बानियाले बैदेशिक रोजागरीमा जादाँ आफुले दुख झेल्नु परेका कारण अन्य महिलाहरु बैदेशिक रोजगारीमा जाँदा आफ्नै मुलुकको मार्ग प्रयोग गर्न सुझाव दिनुभयो । पुन बैदेशिक रोजगारीमा जाने मनसाय भैरहेको बेला आप्रवासी महिला कामदार समुह संस्थाले पैरवी गरी आफुलाई स्वदेशमा नै रोजगारी गर्न सकिन्छ भन्ने आत्मविश्वास तालिमबाट प्राप्त भएको उहाँको भनाई छ । बैदेशिक रोजगारीमा जाँदा अन्य मुलुकको मार्ग प्रयोग गर्दा दुःख पाएको र शोषणमा पर्न सक्ने बताउदै स्वदेशी मार्ग प्रयोग गरेर बैधानिक प्रावधानबाट मात्र बैदेशिक रोजगारीका जान बानियाको सुझाव छ ।
बढैयाताल गाउँपालिका डाँफे निवासी तुलसा विकले नेपालमा रोजगारीको अवसर नभएका कारण बाध्यताले धेरै महिला दिदी बहिनीहरु दलालहरुको लहलहैमा लागेर विदेशमा जाँदा भनेको अनुसार तलब सुविधा र काम नपाईने भएकोले राम्ररी बुझेर मात्र बैदेशिक रोजगारीमा जानुपर्ने सल्लाह दिनुभयो । आफुहरुलाई संस्थाले तालिम मार्फत रोजगारीका लागि आफ्नै ठाउँमा आफुले सिकेका कुराहरुबाट रोजगारी सिर्जना गर्न सक्ने कुराहरु सिकेको उहाँको भनाई छ । स्थानीय स्रोत साधनको प्रयोग गरि आफु नजिक रहेको वडा तथा पालिका सरकारसँग सहयोग लिई आफुले सिकेको ज्ञान सिप प्रयोग गरि रोजगारी सिर्जना गर्न सकिनेमा उहाँको विस्वास छ ।
आप्रवासी महिला कामदार समुह नेपालले बैदेशिक रोजगारीबाट फर्केका तथा रोजगारीमा जान तयारीमा रहेका २० जना महिलाहरुलाई बैदेशिक रोजगारीमा जाँदा महिलाले भोग्नु परेको पिडालाई कसरी कम गर्ने र स्थानीय स्तरमा कसरी रोजगारी सिर्जना गर्ने विषयमा ५ दिने तालिम मार्फत पैरवी गरेको छ । नेपालमा बैदेशिक रोजगारीको खोजीमा मुलक वाहिर जाने महिलाहरुको अधिकार र हकहितका विषयमा आमकासले पैरवी गर्दै आइरहेको छ ।
Facebook Comments