• १७ मंसिर २०८०, आइतवार
  • १३ °C काठमाडौं
प्रहरी दिवसको अवसरमा ८७ पिन्ट रक्तसंकलन

बर्दिया । ६८ औं प्रहरी दिवस ०८० को अवसर पारेर शनिबार बर्दियाको बनियाभारमा बृहत् रक्तदान गरिएको छ । इलाका प्रहरी कार्यालय बनियाभारको आयोजना तथा नेपाल स्वंमसेवी रक्तदाता समाज बारबर्दिया नगरसमिति र नेपाल रेडक्रसको सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो । 


रक्तदान कार्यक्रममा प्रहरी कर्मचारी, नगर भित्रका स्थानीय गरी ८७ जनाले रक्तदान गरेको ईलाका प्रहरी कार्यालय बनियाभार प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थारुले रक्तदान नै जीवन दान भएकोले उमेर समुह पुगेका हरेक व्यक्तिले रक्तदान गर्नु पर्ने बताउनु भयो । 


रगत अभावमा कसैको पनि ज्यान जान नहुनेभन्दै नगरप्रमुख थारुले रक्तदान जस्तो मानवीय सेवामा समर्पित हुन सबैलाई आव्हान गर्नुभयो । ६८ औं प्रहरी दिवसमा ईलाका प्रहरी कार्यालय बनियाभारले रक्तदान कार्यक्रम गरेर सराहनीय कार्य गरेकोमा नगरप्रमुख थारुले धन्यवाद दिनुभयो । प्रहरीले विभिन्न कार्यक्रम गरी ६८ औं स्थापना दिवस मनाइरहेको छ ।

सम्बन्धित समाचार

Facebook Comments