सिकलसेल अस्पताल संचालन गर्न प्रदेसका सांसद एकजुट हुनुपर्छ : जन्मजय तिमिल्सिना
बर्दिया । बर्दियामा सिकलसेल र थालेसिमिया अस्पताल संचालन गर्न बर्दियाबाट प्रतिनिधित्व गर्ने लुम्बिनी प्रदेशका सांसदहरु एकजुट हुनुपर्ने लुम्बिनी प्रदेश साँसद एवम् नेपाली काँग्रेसका प्रमुख सचेतक माननिय जन्मजय तिमिल्सिनाले बताउनु भएको छ । बिजया दशमी, शुभदीपावली, छठपर्व एवम् नेपाल सम्बत ११४४ को अवसरमा थारु कल्याणकारीणी सभा जिल्ला कार्यसमिति बर्दियाले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी एवम् नेता तिमिल्सिनाले सोकुरा बताउनु भएको हो ।
सिकलसेल एनिमिया र थालेसिमिया अस्पताल संचालन गर्न लुम्बिनी प्रदेशमा बर्दियाबाट प्रतिनिधित्व गर्ने ८ जना माननिय एकजुट भै प्रत्येकले ५० लाख बजेटको ब्यवस्था गरे अस्पताल संचालनमा कसैको मुख ताक्न नपर्ने उहाँको भनाई छ । कार्यक्रममा सबैलाई शुभकामना दिदै थारु जातिको पहिचानका लागि मातृभाषा, भेषभुसा र कला संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्न जरुरी रहेको बताउनु भयो । कार्यक्रमका विशेष अतिथि लुम्बिनी प्रदेसका सांसद भुवनेश्वर चौधरीले थारु समुदायको संस्कृति संरक्षण गर्न आफूले प्रदेस सरकारमा आवाज उठाउँदै आएको बताउँदै सम्पूर्ण जनमा शुभकामना ब्यक्त गर्नुभएको छ ।
अर्का विशेष अतिथी लुम्बिनी प्रदेस सांसद राजकुमार चौधरीले शुभकामना ब्यक्तगर्दै थारु समुदायको संस्कृति जोगाउन अतिआवस्यक रहेकोले त्यसका लागि आफू सधै अग्रपंक्तिमा रहेको बताउनु भयो । लुम्बिनी प्रदेशकै सांसद कार्यक्रमकी विशेष अतिथी कृष्णकुस्मा थारुले थारु समुदायको हकहित एवम् संस्कृति संरक्षण गर्न सवै लाग्नुपर्ने बताउँदै सम्पूर्ण नेपालीहरुमा शुभकामना ब्यक्त गर्नु भएको छ । बारबर्दिया नगरपालिकाका नगरप्रमुख छविलाल थारु एवम् निवर्तमान नगरप्रमुख दुर्गा बहादुर थारुले शुभकामना ब्यक्तगर्दै नगरपालिका थारु समुदायको उत्थानका लागि सधैं तत्पर रहेको बताउनु भयो ।
शुभकामना कार्यक्रमका अध्यक्ष एवम् थारु कल्याणकारीणी सभा जिल्ला कार्य समिति बर्दियाका अध्यक्ष विर बहादुर चौधरीले जिल्लामा थारु समुदायको हकहित तथा संरक्षणका लागि संस्था लडिरहेको बताउँदै उपस्थित सबै एवम् जिल्ला बासीहरुमा शुभकामना दिनु भएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेसका कोषाध्यक्ष यमनाथ घिमिरे, नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्य, निर्माण ब्यवसायी संघ बर्दियाका अध्यक्ष हेमन्त प्रकास गिरी, एवम् कल्याणकारीणी सभाका नगरस्तरिय समितिका ब्यक्तीहरु, राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता थियो ।
Facebook Comments