• १७ मंसिर २०८०, आइतवार
  • १२ °C काठमाडौं
बर्दिया माटोको मूर्तिमा आत्मनिर्भर

यादव आचार्य, गुलरिया । मधुवन नगरपालिका वडा नम्बर ९ की माया गुरुङ मूर्तिकारबाट किनेको माटोको मूर्ति गाउँमा लैजान गाडीमा चढाउँदै गर्दा खुशीले गदगद थिईन् । स्वास्थ्य स्वयंसेविकाहरुको समाजसेवी आमा समूह मार्फत स्थापना गर्न लागिएको देवीको मूर्ति उनीसँगै आएका सदस्यहरुले जय जयकारगर्दै गन्तब्यमा सहजै पुर्याए ।

    नवरात्रभर निराहार वा नक्तभोजनगर्दै आफूहरुले स्थापित गरेको माटोको मूर्तिमा देवी, गणेश, रिद्धिसिद्धि, लक्ष्मी, कुमार, सरस्वती, दानव लगायतका देवी देउताको आब्हानसहित घटस्थापना गरी पूजा अर्चना गर्ने आमा समूहकी सचिव गुरुङले बताईन् । विजया दशमीका दिन नदी वा जलाशयमा विर्सजन गर्छौ । उनले भनिन् नवरात्र भर पंडालमा स्थापित देवीको मूर्तिमा पूजा, अर्चना, चण्डीपाठ, आरती, भजनकिर्तन हुन्छ । सनातन धार्मिक आस्था बृद्धिगर्दै पुण्य प्राप्तीका लागि मूर्तिहरु राखी पूजा गरेका हौं यो हाम्रो मान्यता हो । उनले थपिन् नयाँ पुस्ताहरुलाई धार्मिक ज्ञानदिँदै सनातन धर्म संस्कृति जोगिने मान्यता छ । 

    अचेल वडा दशैका अवसरमा नेपालको तराईका जिल्लाका विभिन्न गाउँ टोलहरुमा माटोको देवीको मूर्ति स्थापना गर्ने प्रचलन बढेको छ । पहिले भारतबाट अत्याधिक मात्रामा आयात गरिने माटोका मूर्तिहरु अचेल जिल्लामै पाईन थालेपछि बर्दिया मूर्तिमा आत्मनिर्भर बनेको छ । दशैका अवसरमा नेपालको तराईका जिल्लाका विभिन्न गाउँ टोलहरुमा माटोको देवीको मूर्ति स्थापना गरी घटस्थापनादेखि विजया दशमीका दिनसम्म विशेष पूजा अर्चना गर्ने प्रचलन रहेको गुलरिया नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष मनोज यादवले बताए । 

    मूर्ति निर्माण गर्न मूर्तिकारहरुलाई साढे ३ महिना लाग्ने गर्छ । माटो, पराल, बाँस, तार लगायतका सामाग्रीबाट मूर्ति तयार गरिन्छ । परालमा सर्वप्रथम मूर्तिको ढाँचा बनाएर माटो लेपन गरिएको मूर्ति रंगरोगन गरी श्रृगार गरेपछि स्थापनाको लागि तयार हुन्छ । मूर्तिकारहरुलाई सजावटको सामाग्री स्थानिय बजारहरुमा नपाईने हुँदा समस्या पर्ने गरेको गुलरिया नगरपालिका वडा नम्बर ७ निवासी वरिष्ठ मूर्तिकार मुरली गोडिया (पेन्टर) बताउँछन् । आवस्यक सामाग्री बजारमा ब्यवस्था गरिदिन स्थानिय सरकार समक्ष उनले आग्रह गरे । पछिल्लो समय बर्दियामा मूर्ति राख्ने र बनाउने क्रम बढेको छ । जिल्लामा १५ जना मूर्तिकारहरुले मूर्ति बनाउने गरेको उनले बताए । 

    बर्दिया जिल्ला माटोको मूर्तिमा आत्मनिर्भर छ । उनले थपे यस बर्ष जिल्लामा २ सय ६० सेट मूर्ति निर्माण भएका छन् । १ सेटमा देवी, गणेश, लक्ष्मी, कुमार, सरस्वती लगायत दानवको मूर्ति रहन्छ । उनले भने प्रति सेटको मुल्य ५ देखि २५ हजार रुपैया सम्म पर्ने गर्छ । यसबर्ष बर्दियामा करिव १२ लाख बराबरको मूर्ति विक्री भएको छ । बाँके, बर्दिया, कैलाली लगायत भारतको विभिन्न गाउँहरुमा नेपाली माटोको मूर्ति लैजाने गरीन्छ । कसकसैले भारतबाट पनि मूर्ति ल्याउने हुँदा निर्यातलाई रोक्नु पर्ने उनको मागछ । 

साभार : अन्नपूर्ण पोस्ट्बाट ।

सम्बन्धित समाचार

Facebook Comments