• १८ मंसिर २०८०, सोमवार
  • ११ °C काठमाडौं
अस्पताललाई बिमा बापत भुक्तानी पाउनै मुस्किल

बर्दिया । स्वास्थ्य विमाका सेवाग्राही बढीरहँदा सेवा प्रदायक निकायले विमा बापतको रकम समयमा भुक्तानी पाउँदैनन् । लामो समय सम्म लगानी फसेपछि निजी क्षेत्रका स्वास्थ्य संस्थाहरुले त विमाको सेवा बन्द नै गरिसकेका छन् ।

बर्दिया अस्पतालमा गतबर्ष ४१ हजार १४२ जनाले विमा मार्फत स्वास्थ्य सेवा लिएका छन् । विमाका सेवाग्राही दैनिक बढेको बर्दिया अस्पतालका प्रमुख डाक्टर सुभास पाण्डेयले बताए । अस्पतालको वहिरंग (ओपीडी) सेवामा दैनिक ४ सय विरामी आउँछन् । जसमध्ये २ सय ५० जनाले विमा मार्फत सेवा लिन्छन् । हामीले दैनिक ७० प्रतिशत सेवाग्राहीलाई विमा सेवा दिएका छौं । तर विमा वापत पाउनु पर्ने रकम समयमा नपाउँदा धेरै समस्या पर्छ ।

उनले भने गत बैशाक, जेठ, असार तिन महिनाको विमा वापतको १ करोड ३७ लाख रुपैया भुक्तानी लिन बाँकी छ । भुक्तानी समयमा नपाउँदा औषधी शोधभर्नामा समस्या पर्छ । सेवा रोक्नुपर्ने हो तर रोकेका छैनौ । हामीले नगद तिरेर औषधीहरु ल्याउनु पर्छ । विमा कम्पनीसँग उधारोमा कामगर्दा चुनौती छ । यस्तै अवस्था रहे अस्पताल टाँट पल्टिएर डुब्न पनि सक्छ । अस्पतालबाट प्रदान गरिने विमा सेवा लिन केही समय लागेपनि त्यती झन्झटिलो नभएको उनको भनाईछ । सेवाग्राहीको भिड हुन्छ । कागजी प्रकृया मिलाउनु पर्ने हुन्छ । अलिकति त समय लागीहाल्छ नी उनले प्रष्ट्याए ।

सम्बन्धित समाचार

Facebook Comments