स्थानियतहलाई सडक बत्तीको महसुल बुझाउनै सकस
बर्दिया । स्थानिय निकायहरुले सडकवत्तीका लागि उपभोग गरेको विद्युत महशुल असुल्न प्राधिकरणलाई हम्मे हम्मे परेको छ । जिल्लाका ७ वटा पालिकाले विद्युत बक्यौता नतिरेपछि नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय काठमांडौले सूचना नै प्रकाशनगर्दै ४५ दिन भित्र विद्युत महशुल बुझाउन ताकेता गरेको छ ।
बर्दियाका ८ पालिकाहरु मध्ये ७ वटा पालिकाको करोडौं सडकवत्तीको विद्युत महशुल बुझाउन बाँकी रहेको प्राधिकरणले जनाएको छ । गुलरिया र राजापुर वितरण केन्द्र मार्फत उपभोग गरेका विद्युतको महशुल तोकिएको समय सीमाभित्र नबुझाए नेपाल विद्युत प्राधिकरण विद्युत महशुल संकलन नियमावली ०७८ को विनियम १० को प्रावधान बमोजिम कारवाही गरिने ब्यहोरा सूचनामा उल्लेख छ । आर्थिक बर्ष ०७९/८० आषाढ मसान्त सम्म गुलरिया नगरपालिका ३ करोड २६ लाख ३१ हजार ६०५ रुपैया ३८ पैसा, बढैयाताल गाउँपालिका ९७ लाख ५६ हजार ८७२ रुपैया ३३ पैसा, ठाकुरबाबा नगरपालिका ६३ लाख २५ हजार ४७९ रुपैया ५० पैसा, बाँसगढी नगरपालिका ३३ लाख १९ हजार ८८५ रुपैया ९८ पैसा राजस्व बुझाउनु पर्ने देखिन्छ ।
त्यस्तै राजापुर नगर पालिका ३० लाख ८३ हजार ९१८ रुपैया ८५ पैसा, बारबर्दिया नगरपालिका २१ लाख १ हजार १२३ रुपैया ९५ पैसा, मधुवन नगरपालिका १२ लाख ३ हजार ३६० रुपैया बक्यौता रहेको देखिन्छ । नेपाल विद्युत प्राधिकरणको अनुमति नलिई विना मिटर आफूखुशी जथाभावी सडकबत्ती जडान गर्ने कार्य कानून सम्मत नरहेकाले त्यस्ता कार्य नगर्न नगराउन अनुरोध गरिएको छ । यदि अनुमति विना सडक वत्ती जडान गरिएको भए विद्युत वितरण केन्द्रमा सम्पर्क गरी ४५ दिन भित्र नियमानुसार मिटर जडान गर्न स्थानिय निकायहरुलाई अनुरोध समेत गरिएको छ । बेखवरका कार्य कानून वमोजिम नठरिए सडक बत्तीहरु विद्युत प्राधिकरणले हटाउने जानकारी पालिकाहरुलाई सूचित गराएको छ ।
Facebook Comments