• १७ मंसिर २०८०, आइतवार
  • १२ °C काठमाडौं
पलायनहुँदै ग्रामिण क्रिकेटका खेलाडी 

यादव आचार्य, गुलरिया, कार्तिक १९ । विश्वमा क्रिकेट खेलप्रति आर्कषण बढीरहेका बेला ग्रामिण क्षेत्रका खेलाडीहरु विदेश पलायन हुने क्रम बढ्दोछ । खेलप्रति राज्यको उदासिनता, बेरोजगारी एवम् खेलबाट जिविकोपार्जनमा असहजता बढेसँगै क्रिकेट खेलाडीहरुको पलायन दर बढेको छ ।

खेलाडीहरु आफै खेल आयोजना गर्न सक्दैनन् । महँगो खेल तथा सामाग्री अभाव लगायत खेलमा संलग्न भैरहँदा समेत ग्रामिण तहमा जिविकोपार्जन नभएपछि खेलाडीहरु रोजगारीका लागि विदेश जाने क्रम बढेको राजापुर बर्दियाका कुशल क्रिकेटर शोभित ध्वज चन्दले बताए । क्रिकेटमा स्थान बनाएका खेलाडीहरु विदेशीन बाध्यछन् । पूराना खेलाडीहरुको उमेर खस्किदै छ । नयाँ खेलाडी उत्पादन नहुने अवस्था आएपछि कसरी क्रिकेटको समृद्धि हुन्छ । चिन्ता ब्यक्तगर्दै चन्दले भने राज्यले आईपीएल लगायतका खेलहरु प्रशस्त मात्रामा आयोजना गर्ने बाताबरण बनाउनु पर्छ । 

जिल्लामा क्रिकेटको समग्र विकासका लागि राज्यले नै पहल गर्नुपर्छ । ग्रासरुट लेवलको खेलहरु आयोजनागर्दै नयाँ खेलाडीहरु उत्पादन गर्न धेरै आवस्यक छ । बर्दिया जिल्लामा क्रिकेटको सम्भावना प्रचुर छ । सबै पालिकाहरुमा फिल्ड तथा पिचहरु अभाव छन् । मापदण्ड अनुसारको खेलमैदान निर्माणगर्दै नवोदित खेलाडीहरु उत्पादन नगरे सम्म खेलाडीहरुलाई खेलप्रति निरन्तरता दिलाउन असहज परिस्थिती रहेको अनुभव सुनाए । बारबर्दिया नगरपालिकाले क्रिकेट खेल प्रबद्र्धन गर्न यसै बर्षदेखि पालिका स्तरिय प्रतिस्पर्धाको शुरुवात गरेको छ । नगरको वडा नम्बर ६ धामपुर स्थित नगर रंगशालामा प्रथम बर्दिया पालिका स्तरिय टी–२० क्रिकेट प्रतिस्पर्धाको उपाधी राजापुर नगरपालिकाले चुमेको छ । 

गुलरिया नगरपालिकालाई ११२ रनले पराजितगर्दै राजापुरले कप उचाल्यो । टस जितेर पहिलो ब्याटिङ गरेको राजापुरले २० ओभरमा ८ विकेट गुमाउँदै १४७ रनको लक्ष्य दिएको थियो । गुलरिया नगरपालिकाले १२ दशमलव १ ओभरमा सबै विकेट गुमाउदै ३४ रनमा समेटियो । बर्दियाका ८ ओटै पालिकाहरुले स्पर्धा गरेको क्रिकेट खेलमा राजापुरका अजय सहानी म्यान अफ द सिरिज, गुलरियाका समिर आचार्य उत्कृष्ट ब्याट्स म्यान, मधुवनका आकाश खत्री बेष्ट बलर र राजापुरकै शुभाष तिमिल्सिना म्यान अफ द म्याच घोषित भए । 

खेलकुदको बिकासका लागि बारबर्दिया नगरपालिकाले यथेष्ठ बजेट विनियोजनगर्दै पालिकालाई खेलका माध्यमबाट परिचित गराउन लागि परेको बारबर्दिया नगरपालिकाका नगरप्रमुख छविलाल थारुले बताए । विश्वमै क्रिकेट खेलको क्रेज बढ्दो छ । अवसर नपाउँदा नगर एवम् जिल्लाका खेलाडीहरु पलायन हुने परिस्थिती श्रृजना भएकाले पनि नगरका तर्फबाट बार्षिक रुपमा जिल्ला स्तरिय खेल आयोजना गरी खेलाडीलाई अवसर दिलाउने योजना सुनाउदै नगरप्रमुख थारुले थपे मापदण्ड अनुसारको पिच लगायत खेलसामाग्री जुटाउँदै क्रिकेट खेल तर्फ खेलाडीलाई आकर्षित गर्ने रणनितिमा बारबर्दिया नगरपालिका लागिपरेको छ ।  
साभार ः अन्नपूर्ण पोस्ट् ...

सम्बन्धित समाचार

Facebook Comments