• १७ मंसिर २०८०, आइतवार
  • १२ °C काठमाडौं
सुमी खड्काको अभिनयमा ‘तिम्रो साथ‘ सार्वजनिक

काठमाण्डौ । मोडलिङ क्षेत्रमा राम्रो सम्भावना बोकेकी मोडल सुमी खड्का र दिनेश कठायतको अभिनयमा रहेको ‘तिम्रो साथ‘ नामको गीत सार्वजनिक भएको छ । गीतमा चर्चित गायिका अनु चौधरी र गायक  टेक विसीको स्वर रहेको छ  । 

जनक महतरा र प्रकाश मल्लको शब्द रहेको गीतको सङ्गीत प्रकाश मल्ल र सङ्गीत संयोजन सुमन केसीले गरेका हुन् । प्रेम र रोमान्सलाई निकै प्रेमील रुपमा  गीतमा प्रस्तुत गरिएको छ  । 

रमित बोहराको छायाँकन, विनोद बमको सम्पादन तथा प्रकाश मल्लको निर्देशन र अर्जुन भण्डारीको सह निर्देशनमा भिडियो तयार गरिएको छ । भिडियोमा दिनेश कठायत र सुमि खड्काको अभिनय छ । प्रेम र समपर्णलाई आम दर्शक तथा स्रोताको चाहना अनुरुपको गीत बनेकोले दर्शक श्रोताले मन पराउनेमा आफू आशावादी रहेको मोडल सुमिले  बताउनु भयो । 

सम्बन्धित समाचार

Facebook Comments