• १७ मंसिर २०८०, आइतवार
  • १३ °C काठमाडौं
जाजरकोटका भूकम्प पीडितलाई ठाकुरबाबाको २३ पिन्ट रगतसँगै लाखौको सहयोग

बर्दिया । जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नम्बर १ रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राती करिब मध्यरातमा गएको भूकम्पका पीडितहरुलाई ठाकुरबाबा नगरपालिकाले रक्त तथा आर्थिक सहयोग दिने भएको छ । नेपालगञ्जमा उपचाररत घाईतेहरुलाई २३ पिन्ट रक्त उपलब्ध गराई ५ लाख भन्दा बढीको अन्य सहयोग उपलब्ध गराउने भएको हो । 


घाईतेहरुलाई तत्काल रगत अभाव हुन नदिन नेपालगञ्ज पुगी नगरप्रमुख, उपप्रमुख, कार्यपालिका सदस्य, कर्मचारी, नगरबासी गरी २३ पिन्ट रक्तदान गरेको ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरी रिजालले बताउनु भएको छ । त्यस बाहेक नगरपालिकाले ५ लाख, नगरप्रमुखको ५० हजार, कर्मचारीहरुको १ दिन बराबरको तलब करिब साढे १ लाख रुपैया नगद र पालिका अन्र्तगतका सहकारी संस्थाहरुबाट २ लाख रुपैया संकलन भैसकेको उहाँको भनाई छ । 


वडा अध्यक्ष लगायत सबै जनप्रतिनिधिहरुलाई सहयोगको लागि पालिकाबाट आब्हान गरेका छौं । त्यस्तै पालिका अन्र्तगतका शिक्षकहरुको पनि १ दिन बराबरको तलब भुकम्प पीडितहरुलाई सहयोग गर्ने छलफल भएको छ । हामीले दैवी प्रकोप उद्धार समिति बर्दिया मार्फत समन्वय गरी भुकम्पग्रस्त क्षेत्रमा माग भए अनुसारको आवस्यक चिजहरु उपलब्ध गराउँछौ । पालिका भित्र सबै क्षेत्रबाट सहयोग जम्मा भए पश्चात हस्तान्तरण गरिने उहाँको भनाई छ । 

सम्बन्धित समाचार

Facebook Comments