जेष्ठ नागरिक समाज गुलरियाको अध्यक्षमा पुण्य गौतम
गुलरिया । जेष्ठ नागरिक समाज गुलरिया बर्दियाको अध्यक्ष पदमा पुण्य गौतम पुनः चयन हुनु भएको छ । बुधवार आयोजित साधारणसभा तथा अधिवेशनले अध्यक्ष गौतमसहितको कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
समितिको उपाध्यक्षमा मूलचन्द यादव, सचिव शोभाकान्त लम्साल, कोषाध्यक्ष शिव कुमार अधिकारी र सहसचिवमा फणीनारायण लम्साल चयन हुनुभएको छ । सदस्यहरुमा हिक्मत बहादुर थापा र राधिकादेवी पौडेल चयन हुनु भएको छ । वडाहरुबाट सदस्यहरुमा वडा नम्बर १ बाट रामसुमिरन यादव (सोनाहा), ३ बाट घनश्याम पौडेल, ४ बाट बावुराम आचार्य, ५ बाट विष्णु देवी सुवेदी, ६ बाट डिल्ली प्रसाद अधिकारी, ७ बाट दुर्गाप्रसाद आचार्य र वडा नम्बर ८ बाट पाटन गोडिया सर्बसम्मत चयन हुनुभएको ।
१९ सदस्यीय कार्यसमिति मध्ये वडा नम्बर २, ९, १०, ११ र १२ बाट सदस्यहरु पछि चयन गरिने जनाईएको छ । गुलरिया नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर ६ का वडा अध्यक्ष शुधांसु प्रकाश शर्माको प्रमुख आतिथ्यतामा भएको साधारण सभाको उद्घाटन शत्रमा प्रमुख अतिथी शर्माले जेष्ठ नागरिकहरुको हकहित तथा सहयोगका लागि वडा सधैं साथमा रहेको बताउनु भएको छ । समितिलाई आवस्यक पर्ने सहयोगका लागि नगरपालिकासँग समन्वय गर्ने उहाँको प्रतिवद्धता छ ।
Facebook Comments