• १७ मंसिर २०८०, आइतवार
  • १२ °C काठमाडौं
बारबर्दिया वडा नम्बर २ फूटवलको सेमीफाईनलमा 

बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर २ स्थित नारायणपुर खेलमैदानमा भैरहेको पहिलो वडा अध्यक्ष कप फूटवल प्रतियोगिताको तेस्रो दिनको खेलमा आयोजक वडा नम्बर २ ले वडा नम्बर १० लाई पराजितगर्दै सेमिफाईनलमा प्रवेश गरेको छ । बारबर्दिया नगरपालिका वडा नम्बर १० लाई २–० गोल अन्तरले पराजितगर्दै आयोजक टीम सेमिफाईनलमा प्रवेश गरेको हो ।


वडा नम्बर २ का बिकास थारुले २ गोल प्रहार गरी वडालाई जिताउन सफल भएका हुन् । वडा नम्बर २ र ६ बिच शनिवार दिउँसो १२ बजे खेल हुने खेल संयोजक सरोज थारुले जानकारी दिनुभयो । वडा नम्बर २ को आयोजना तथा जनचेतना क्लब बारबर्दियाको सहआयोजनामा गरिएको फूटबल प्रतियोगिताको लक्ष्मी बालुवा प्रशोधन उद्योग बारबर्दिया मुख्य प्रायोजक रहेको छ ।  वडा स्तरिय खेलकुद विकास समिति वडा नम्बर २ बारबर्दियाले खेलको समन्वय गरेको हो । स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने नारासहित शुरु गरिएको प्रतियोगिताको फाईनल खेल कार्तिक २६ गने हुने संयोजक थारुले जानकारी दिनुभयो । 


फिफाको नियम अनुसार नकआउट आधारमा खेलाईने प्रतियोगिताको विजेता टीमलाई ३० हजार (करसहित), उपविजेता टिमलाई २० हजार (करसहित) कप, मेडल र प्रमाण पत्र तथा वेष्ट किपर, उदयमान खेलाडी, वेष्ट डिफेनस, बढी गोल गर्ने ४ जनालाई कप, मेडल र प्रमाण पत्र प्रदान गरिने बताईएको छ । पालिकाको ११ वटा टीम र आयोजक गरी १२ वटा टीम प्रतिस्पर्धामा भिड्दै छन् । फूटवल खेलको उद्घाटन गर्दै प्रमुख अतिथी लुम्बिनी प्रदेसका सांसद एवम् नेपाली काँग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले खेलाडीहरुको प्रर्बद्धन एवम मनोवल बढाउन जस्तोसुकै सहयोग गर्न पनि आफू तयार रहेको बताउनु भएको छ ।

 

सम्बन्धित समाचार

Facebook Comments