• १७ मंसिर २०८०, आइतवार
  • १२ °C काठमाडौं
मर्यादित रुपमा तिहार मनाउन ईप्रका राजापुरको अनुरोध

केशव कोईराला, राजापुर । राष्ट्रिय साँस्कृतिक पहिचान र गौरव बोकेको सनातन धर्मावलम्बीहरुको महत्वपूर्ण चाड यमपञ्चक (तिहार) लाई अनुशाशित, मर्यादित, सभ्य र मितव्यायी रुपमा मनाउन आग्रहगर्दै इलाका प्रहरी कार्यालय राजापुरले तिहार बिशेष कार्यक्रमको आयोजना गरेको छ । वैमनश्यता र तिक्तता त्यागेर आपसी सद्भाव, समन्वय तथा मित्रता अभिवृद्धि गरी चाड मनाउन सन्देश दिने उदेश्यले तिहार बिशेष कार्यक्रमको आयोजना गरिएको हो । 


लागुपदार्थ निषेध र मदिरा नियन्त्रण अभियानलाई उच्च प्राथमिकतामा राखेर विविध कार्यक्रम गर्न समेत राजापुर बासी समुदायलाई इलाका प्रहरी कार्यालय राजापुरका प्रमुख प्रहरी नायव उपरिक्षक किरण प्रसाद न्यौपानेले आग्रह गर्नु भएको छ । नेपाली भाषा, धर्म संस्कृति र सभ्यतालाई विकृत तुल्याइ समाजमा नकारात्मक असर पर्ने खालका गीत–संगीत नबजाइ शान्तिपूर्ण रुपमा तिहार मनाउन सन्देश स्वरुप कार्यक्रम गरिएको डिएस्पी न्यौपानेले बताउनुभयो ।


जिल्ला प्रसासन कार्यालय बर्दियाले तिहारको शुभकामनादिदै १० बजे सम्म देउसी भैलो खेल्ने समय सिमा तोकेको छ । आतिसवाज नगर्न अनुरोधगर्दै दीपावलीका बेला आगलागीका घटना हुने भएकाले सजग भई दीपावली गर्न आम बर्दियाबासीलाई प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले अनुरोध गर्नु भएको छ । प्रहरीले आयत गरिएका पटाकाहरु पक्राउगर्दै नष्ट गरेको जनाएको छ ।

सम्बन्धित समाचार

Facebook Comments