• १८ मंसिर २०८०, सोमवार
  • ११ °C काठमाडौं
जाजरकोटका भूकम्प पीडितलाई बर्दियाबाट त्रिपाल पठाईयो

मुरली गोडिया, गुलरिया (बर्दिया) । विभिन्न सामाजिकसँगै दैवी प्रकोप उद्धार कार्यमा सक्रिय रहेको बर्दिया अक्सिजन बैंक र गुलरिया उद्योग बाणिज्य संघ गुलरियाले भुकम्प पिडितलाई त्रिपाल सहयोग गरेको छ । कार्तिक १७ गते शुक्रबारका दिन मध्यरातमा गएको प्राकृतिक विपदा भूकम्पबाट जाजरकोट एवं रुकुम पश्चिम जिल्लामा भएको घरवार विहिन पीडितहरुलाई त्रिपाल उपलब्ध गराईएको हो । 


मानवीय क्षति प्रति श्रद्धासुमन अर्पणगर्दै भूकम्पमा परेका सम्पूर्ण घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै त्रिपाल सहयोग गरिएको बंैकका प्रमुख भेषराज पौडेलले जानकारी दिनु भयो । भूकम्पबाट प्रभावित घरपरिवारको सहज जीवनयापनका लागि प्रभावित क्षेत्र मध्येको जाजरकोट जिल्ला छेडागाड नगरपालिकाका प्रभावित घरपरिवारको सहयोगका लागि बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालको रोहबरमा जाजरकोट छेडागाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंह राज डाँगीलाई त्रिपाल हस्तान्तरण गरिएको उद्योग बाणिज्य संघ गुलरियाका अध्यक्ष देवेन्द्र पाण्डेले बताउनु भयो । 


भुकम्प बाट प्रभावित परिवार खुला आकाश मुनि रात विताउनु परेको अवस्थालाई मध्ये नजरगर्दै १२×१२ को ४ सय ४० थान र १२ ×१० को ६० थान जम्मा ५ सय थान त्रिपाल बुझाइएको हो । बर्दियाबाट उपलब्ध गराईएको त्रिपाल दैवी प्रकोप उद्धारसमिति मार्फत वितरण गर्ने ब्यवस्था मिलाउन प्रमुख प्रशासकिय अधिकृतलाई बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले आग्रह गर्नु भएको छ ।

सम्बन्धित समाचार

Facebook Comments