• १७ मंसिर २०८०, आइतवार
  • १२ °C काठमाडौं
कालिका बचत तथा ऋण सहकारीको अध्यक्षमा पौडेल

दलबहादुर सुनार, बढैयाताल (बर्दिया) । कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेड बढैयाताल ८ कण्ठपुरले नयाँ समिति चयन गरेको छ । सहकारीको नवौं अधिबेशनले मधुसुदन पौडेलको अध्यक्षतामा नौ सदस्यीय संचालक समिति सर्बसम्मत चयन गरेको हो । 


समितिको उपाध्यक्षमा बसन्त सिंह ठकुरी, सचिव पुष्पराज पौडेल, कोषाध्यक्ष कमलराज अधिकारी, सदस्यहरुमा सुकमाया सुनार, भवानी तिमिल्सिना, पुर्णकुमारी गुरुङ, ईन्द्र बहादुर भण्डारी, र दिपक गैरेलाई चार वर्षको लागि सर्बसम्मत चयन गरेको संस्थाले जनाएको छ । त्यस्तै लेखा समितिको संयोजकमा राजेश्वर थापा, सदस्यमा रश्मी ज्ञवाली, गोबिन्द चौधरी पनि  सर्बसमत चयन हुनु भएको  छ । लेखा समितिमा पुरानै समितिका ब्यक्तिहरु दोहोरिएका छन् । 


संस्थाका अध्यक्ष दशरथ शर्माको अध्यक्षतामा तथा बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीको प्रमुख आतिथ्यमा भएको वार्षिक साधारण सभामा सचीव पुष्पराज पौडेलले आर्थिक बर्ष ०७९÷०८० को वार्षिक प्रगति प्रतिबेदन, कोषाध्यक्ष  मधुसूदन पौडेलले आर्थिक, राजेश्वर थापाले  लेखा सुपरिवेक्षण, मोहन रेग्मीले धितो मुल्यांकन र ब्यबस्थापक दिपेन्द्र गैरेले लेखा प्रतिबेदन प्रस्तुत  गर्नु भएको सहकारीले जनाएको छ । संस्थाले आर्थिक बर्ष ०७९÷०८० मा दैनिक बचत तर्फ बिक्रम सुवेदी, असल ऋणीमा श्रीधर न्यौपाने, ऐच्छिक बचतमा तिलकराम सुवेदी, बाल बचतमा जेनिशा सेढाई,  ज्येष्ठ सदस्य पञ्चलाल नापित, गोपी पराजुली लगायतलाई बार्षिक साधारण सभाको अबसरमा प्रमाणपत्र र दोसल्लाबाट सम्मान गरेको छ ।


 सहकारीका अध्यक्ष  दसरथ शर्माको अध्यक्षतामा  भएको  उद्घाटन  सत्रका प्रमुख  अतिथि  एवं बढैयाताल गाउँ  पालिकाका अध्यक्ष  हिमालय  त्रिपाठीले  पानसमा बत्ती बालेर  उद्घाटन गर्नु भएको  हो । उद्घाटन सत्रमा बढैयाताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी, प्रमुख प्रशासकीय  अधिकृत अर्जुन सुबेदी, ८ नम्बर वडाका अध्यक्ष तेजनाथ पौडेल, कालिका सानाकिसान सहकारीका अध्यक्ष हरि बहादुर  अधिकारी, बोडर बिकास बहुउद्देश्यीय सहकारीका अध्यक्ष टुकराज घिमिरे, आयोजक संस्था दिल्ली प्रसाद गौतम लगायतका ब्याक्तीहरुको आतिथ्यमा  उद्घाटन  सत्र  सप्पन्न  भएको  जनाएको  छ । समुद्घाटन शत्रको स्वागत भवानी तिमिल्सिना र संचालन सचीव पुष्पराज  पौडेलले गर्नु भएको  हो । उद्घाटन शत्र  समपन्न भए लगत्तै बन्द शत्र सुरु भएको थियो । 

 

सम्बन्धित समाचार

Facebook Comments