• १७ मंसिर २०८०, आइतवार
  • १२ °C काठमाडौं
अज्ञानमै रेबिजले लियो ज्यान’ 

‘यादव आचार्य, गुलरिया (बर्दिया) । केही महिना अघि बर्दियाको गुलरिया नगरपालिका निवासी दुई जनाले रेविज रोगका कारण ज्यान गुमाए । कुकुरले टोकेपछि हेलचक्राईले ढिलाई गरी समयमै रेविज बिरुद्धको सूई नलगाउँदा उनीहरुले मृत्यु वरण गर्नु पर्यो ।


    बर्दियामा रेविजकै कारण २ जनाले ज्यान गुमाएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताउनु भयो । करिव २ महिना अघि कुकुरको टोकाईमा परेका ९ बर्षिय बालक समयमै रेविज बिरुद्धको भ्याक्सिन लगाउन ढिलाई गरे । अस्पताल ल्याउँदा रेविज लागेर पानीबाट डराउने समस्या भैसकेको थियो । बालकको थप उपचारको लागि टेकु अस्पताल पठायौं । अस्पताल जाँदा जाँदै नौविसेमा बालकको मृत्यु भयो । उहाँले भन्नुभयो, मथुरामा पनि चेतना अभावले समयमै सूई नलगाउँदा एकजना मानिसको मृत्यु भएको छ ।


    पछिल्लो समय कुकुर लगायत जोखिम भएका जनावरको टोकाई पछि रेबिज बिरुद्धको सूई लगाउने मानिस धेरै छन् । एकाध मानिसहरु चेतना अभावले झारफुक लगायतका हेलचक्राईमा फस्ने गर्छन् । जुन कारणले उनीहरु जोखिममा पर्छन् । गिरीले थपे रेबिजबाट मानिसले अज्ञानमै ज्यान गुमाउने गर्छन् । गत बर्ष रेबिज बिरुद्धको सूई धेरै खपत भयो र बर्दियामा अभाव झेल्नु पर्यो । लुम्बिनी प्रदेसका संसद जन्मजय तिमिल्सिनाको पहलमा बर्दिया अस्पताल लगायत स्वास्थ्य चौकीहरुलाई रेविज बिरुद्धको भ्याक्सिन उपलब्ध गराईएको छ । जिल्लामा लामो समयदेखि भ्याक्सिन अभाव हुँदा विरामीहरु समस्या झेल्दै चर्को मुल्यमा भ्याक्सिन किन्न बाध्य थिए । 


    स्वास्थ्य प्रमुख गिरीका अनुसार माननिय मार्फत २ सय ८० भाईल रेविज विरुद्धको भ्याक्सिन बर्दियामा आएको हो । बर्दिया अस्पतालमा १ सय ६०, ठाकुरबाबामा ४०, राजापुर ४० र बारबर्दिया स्वास्थ्य चौकीमा ४० भाईल भ्याक्सिन प्राप्त भएको थियो । जनताको स्वास्थ्य समस्यालाई सम्बोधन गर्ने जन प्रतिनिधिको दायित्व अनुरुप भ्याक्सिन उपलब्ध गराएको संसद तिमिल्सिनाले बताउनु भयो । जुनसुकै परिस्थितीमा पनि प्रदेस जनसेवामा सर्मपित रहने प्रतिवद्धतागर्दै समस्या परे जानकारी गराउन उहाँले अनुरोध गर्नु भएको छ । 


    माननियले उपलब्ध गराएको भ्याक्सिनले अस्पताललाई अनुमानित २ महिना धान्ने बर्दिया अस्पतालका प्रमुख डाक्टर सुभाष पाण्डेयले बताउनु भयो । हामीले पाएको भ्याक्सिन १५ सय डोज हुन्छ । अस्पतालमा मासिक २ सय भाईल रेबिज बिरुद्धको भ्याक्सिन खपत हुन्छ । १ भाईलमा ८ देखि १० डोज निस्कन्छ । उहाँले भन्नुभयो गत बर्ष ९ महिनाको अवधिमा करिव १ हजार ५ सय जनाले रेबिज बिरुद्धको भ्याक्सिन लगाएका छन् । रेबिज नलागोस भनेर भ्याक्सिन लगाईन्छ । रेबिज लागेपछि भ्याक्सिनले काम गर्दैन । रेबिजको औषधी तथा उपचार हुँदैन । रेबिजबाट मृत्यु भएका दुईजना रेबिज लागेपछि अस्पताल आएको उहाँको भनाईछ ।

 

सम्बन्धित समाचार

Facebook Comments