ललिता निवास प्रकरणको नाइके माधव नेपाल र बाबुराम हुन, समातेर देखाउनुहोस !
काठमाडौं, ३१ असार । राजनीतिक विश्लेषक प्रेम कैदीले नक्कली डलर छापेर राष्ट्र बैंक भरिएको र सारा डलर तष्करीमा लागिरहेको गम्भीर आरोप लगाएका छन् । उनले अहिले देशमा टनका टन सुन पनि आइरहेको आरोप लगाए । कैदीले ड्रग आइरहेको र सुदूरपश्चिमका विद्यालयहरुमा समेत पुगेको अर्कोे खुलासा गरेका छन् । उनले नेपालमा विदेशी सेना आएको पनि दाबी गरेका छन् ।
हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । अहिले बजारमा हाहाकार भएको पनि उनको भनाई छ । अहिलेको सरकारले मुख्य भ्रष्टाचारी र भ्रष्टाचारको नाइकेलाई सिधा आँखाले समेत हेर्न नसकेको उनको आरोप छ । उनले ललिता निवास प्रकरणमा मुख्य नाइके माधव कुमार नेपाल र बाबुराम भट्टराई रहेको भन्दै उनीहरुलाई समातेर देखाउन अहिलेको सरकारलाई चूनौति दिए ।
कुराकानीको क्रममा पत्रकार धमलाले ललिता निवास प्रकरणमा मुख्य नाइके को हो त ? भनेर सोधेको प्रश्नमा उनले भने–‘तपाईँले नै १० चोटी भनिसक्नुभयो नि, माधव नेपाल र बाबुराम भट्टराई हुन, समातेर देखाउन न, अनि प्रचण्डलाई हामी पनि स्यावासी दिउँला । होइन भने स्यावासी दिने ठाउँ छैन् ।’
Facebook Comments