भारतमा भएको र्दुघटनामा श्रीमानको मृत्यु घाईते श्रीमतीको उपचार गर्न सहयोगको याचना
बर्दिया । भारतको सिमलामा कामगर्न गएका एकजना नेपालीको र्दुघटनामा परी मृत्यु भएको छ । रुकुम जिल्लाको आठविसकोट नगरपालिका वडा नम्बर ११ गोईरीका जय बहादुर बुढाको टिपर र्दुघटनामा परी मृत्यु भएको हो ।
भारतको सिम्ला जिल्ला चिर गाउँपंचायत सम्दासु गाउँमा कामगर्दै आएका बुढाको काम गर्ने ठाउँबाट डेरा फर्कने क्रममा टिप्पर र्दुघटनामा परी भाद्र २४ गते मृत्यु भएको गुलरिया नगरपालिका वडा नम्बर ८ निवासी मृतकका आफन्त दीपघर्ती मगरले जानकारी दिनुभयो । ०७९ साल मंसिर महिनामा श्रीमती र छोरासहित बुढा रोजगारीका लागि भारत गएका थिए ।
सँगैर्दुघटनामा परेकी मृतक बुढाकी श्रीमती खिमला बुढाको भारतको चण्डीगढ स्थित पीजीआई अस्पतालमा उपचार भैरहेको छ । खिमलाको उपचार गम्भीर प्रकृतिको भएकाले उपचारमा आर्थिक कठिनाई परेको घर्ती बताउनुहुन्छ । उहाँको गम्भीर प्रकृतिको थप उपचार गर्नु पर्ने भएकोले मनकारी नेपाली दाजुभाई दिदी बहिनीहरुसँग उपचारको लागि आर्थिक सहयोग जुटाईदिन घर्तीमगरले अपिल गर्नु भएको छ ।
विरामीको आफन्त केशव पुनमगर भारतमै रहेकोले उहाँको भारतीय नम्बर ६२३०३३८४३७ मा सम्पर्क गरी एभरेष्ट बैंकमा देवराम पुनमगरको नाममा रहेको खाता नम्बर ०४९००५०१२०७३९९ मा सहयोग उपलब्ध गराईदिन उहाँले आग्रह गर्नुभएको छ ।
Facebook Comments