• १७ मंसिर २०८०, आइतवार
  • १२ °C काठमाडौं
पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’ को निधन

केशव कोइराला, राजापुर (बर्दिया) पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’ को निधन भएको छ । बिहीवार राती १० बजेर २५ मिनेटमा बिर अस्पताल काडमाण्डौमा भट्टको मृत्यु भएको हो । 


गणतन्त्रका लागि आवाज उठाउने अग्रणी नेताहरुमध्ये भट्ट एक हुन् । रामराजा प्रसाद सिंह नेतृत्वको जनवादी मोर्चाले गणतन्त्र नेपालको लक्ष्य राखेर २०४२ साल असारमा नारायणहिटी राजदरबार, सिंहदरबारजस्ता ठाउँमा बम बिष्फोट गराएको थियो । त्यतिबेला मायालु जनवादी मोर्चाको उपाध्यक्ष हुनुहुन्थ्यो । उहाँ १२ बर्ष भारतमा निर्वासित जिवन समेत बिताउनु भएको थियो । 


पछि उहाँ नेपाली कांग्रेसको राजनीतिमा लाग्नु भयो । २०५६ सालको आम निर्वाचनमा बर्दियाबाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभामा निर्वाचित हुनु भएका भट्ट केही समय सामान्य प्रशासन मन्त्रीसमेत बन्नुभयो । त्यसपछि उहाँ चुनावमा भाग लिनु भएन । पछि नेपाली कांग्रेस त्यागेर माओवादी केन्द्रमा प्रवेश गर्नुभएको थियोय । हाल उहाँ नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार हुनु हुन्थ्यो ।

सम्बन्धित समाचार

Facebook Comments