• १७ मंसिर २०८०, आइतवार
  • १२ °C काठमाडौं
दक्षजनशक्ती नहुँदा अस्पतालको उपकरण थन्कियो

विष्णु अधिकारी, गुलरिया (बर्दिया) बर्दिया अस्पतालमा प्रर्याप्त भौतिक संरचना भएतापनि जनशक्ति अभावका कारण अस्पतालले दिने महत्वपूर्ण स्वास्थ्य सेवा दिन सकिरहेको छैन । मृगौलाका विरामी तथा जटिल उपचारका लागि दिइने डाईलेसिस सेवा, जटिल विरामीका लागि आईसियु सेवा बर्दिया अस्पतालले दिन सकिरहेको छैन । 


दक्ष जनशक्ति अभावकै कारण बर्दिया अस्पतालमा भएका डाईलेसिस तथा आईसियु सेवाका लागि राखिएका बेड तथा उपकरण हरु प्रयोग विहिन भएका छन् । बिरामीहरु डाईलेसिस र आईसियु सेवाका लागि भारतको लखनउ तथा बाँकेको नेपालगंन्जमा उपचारका लागि जान बाध्यछन् । यसैक्रममा बर्दिया अस्पतालमा डाईलेसिस र आईसियु सेवा लिन आउने बिरामीहरुको समस्यालाई समाधान गर्ने झिनो आस्वासन लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खानालले दिनु भएको छ । शुक्रवार बर्दिया अस्पतालमा निर्माण भएको डाक्टर आवास भवनको समुद्घाटन तथा अस्पताल अनुगमनमा आएका वेला स्वास्थ्य मन्त्री खनालले डाईलेसिस सेवा र आईसियु सेवा बर्दिया अस्पतालबाट दिईने प्रतिबद्धता गर्नुभएको छ । 


मन्त्री खनालले जनशक्ति अभावको समस्यालाई समाधानका लागि प्रदेशको निजामति ऐनलाई भर्खरै मात्रै लुम्बिनी प्रदेश संसदबाट पास गरिएको जानकारी दिनुभयो । निजामती ऐन नभएका कारण स्वास्थ्य क्षेत्रमा स्थायी रुपमा कर्मचारीहरु भर्ना गर्न नपाउदा जनशक्ति अभावका कारण नागरिकले स्वास्थ्य सेवा पाउन नसकेको उहाँको भनाई छ । केन्द्रबाट दुरदराजका जिल्लामा स्वास्थ्य कर्मचारी  जान नमान्नुमा ऐन बाधक भएकाले संसोधन गरेर व्यवस्थापन गर्न लागीएको खुलासा गर्नुभयो । अस्पतालमा सेवासुवधिा विस्तार गर्नका लागि तत्काल काम गर्नु पर्ने भएतापनि कामगर्नको लागि समय लाग्ने स्वास्थ्य सचिव जनार्दन पन्थीले बताउनु भयो । 

\
तुुरुन्तै आवश्यक समस्या समाधान गर्नका लागि कामगर्ने वेलामा २, ४ महिना हुँदाहुदै बर्षौ समय लाग्न सक्ने हुँदा यस्ता कुरालाई अन्यथा नलिन हुने सरल जवाफ स्वास्थ्य सचिवले कार्यक्रममा दिनुभयो । बर्दिया अस्पतालको भौतिक संरचना राम्रो भएको हुँदा अस्पताल प्रशासनलाई सरसफाईमा ध्यान दिन उहाँको आग्रह छ । अस्पतालमा जनशक्ति अभावका कारण गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्न अस्पताललाई हम्मे हम्मे परेको छ । दरवन्दीको तुलनामा न्युन कर्मचारीको भरमा स्वास्थ्य सेवा दिनु परेको अस्पताल प्रशासनले वताएको छ । 


यस अघि डाक्टर क्वाटरका अभावका कारण बिशेषज्ञ चिकित्सक अस्पतालमा सेवा प्रदानका लागि नआउने भएता पनि भवन निर्माण पछि सहजता हुने बर्दिया अस्पतालका मेसु डाक्टर सुभाष पाण्डेयले बताउनु भएको छ । बर्दिया अस्पतालले गत वर्ष १ लाख २५ हजारलाई स्वास्थ्य सेवा दिएको अस्पतालले मन्त्रीलाई जानकारी दिएको छ । स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जिल्लाको स्वास्थ्य अवस्थाको बारेमा मन्त्री खनाललाई जानकारी दिनुभएको छ । 

सम्बन्धित समाचार

Facebook Comments