• २७ मंसिर २०८१, बिहिवार
  • ४ °C काठमाडौं
यातायातकर्मीलाई मानव बेचबिखन बिरुद्ध सचेतना

चुरेकुञ्ज, गुलरिया । मानब बेचबिखन तथा ओसारपसार बिरुद्ध यातायातकर्मीहरुलाई सचेतना दिईएको छ । फ्रिअगर्लको सहयोगमा माइती नेपाल बर्दियाले सचेतनात्मक अन्र्तक्रिया आयोजना गरेको हो । 


    मानब बेचबिखनको बर्तमान अबस्था, बेचबिखनका कारणहरु, दलालले अपनाउने तौरतरिका, सम्भावित स्थानहरु, मानब बेचबिखनका प्रयोजनहरु, कानुनी ब्यबस्था लगायत यातायातकर्मीहरुको भुमिकाको बारेमा यातायातकर्मीहरुलाई सचेत पारिएको माईती नेपाल बर्दियाकी संयोजक गायत्री रिमालले जानकारी दिनुभयो । यातायातकर्मीहरुलाई यात्रा गर्ने मानिसहरुको बारेमा छिटै बुभ्mने र बुझन सक्ने भएको हुँदा सधै सजकता उपनाउनु पर्ने कुराका बारेमा कार्यक्रममा जोड दिईएको छ । 


    यस्ता किसिमका कार्यक्रमहरु अती आबश्यक रहेको बर्दिया कृष्णसार यातायात प्रालिका कर्मचारी रवि मल्ल ठकुरीले बताउनु भएको छ । समय समयमा यस्ता कार्यक्रमहरु यातायातकर्मीहरु सँग गर्नुपर्ने उहाँको भनाई छ । बसपार्कका बिभिन्न समुदायमा सचेतनाका कार्यक्रमहरु गर्नुपर्ने, मानब बेचबिखनको बढदो अबस्थामा स्थानिय तहदेखि केन्द्रिय स्तर सम्म कानुनी ब्यबस्था निति निर्माणका कुराहरुमा कडा भन्दा कडा कानुन बनाउनु पर्ने  भनी सहभागीहरुका तर्फबाट ठकुरीले बताउनुभयो । 


यातायातका साधनहरुमा कोही शंकास्पद ब्यक्तियात्रा गरिरहेको शंका लागेमा तुरुन्तै प्रहरी र माइती नेपाललाई जानकारी गराउन अनुरोध गरिएको छ । मानब बेचबिखन ओसारपसार नियन्त्रणका लागी यातायात ब्यबसायी संघले सक्दो सहयोग गर्ने प्रतिबद्धता यातायातकर्मीले गरेका छन् । बर्दिया कृष्णसार प्रालिका कर्मचारी, गाडी चालक, अटो रिक्सा चालकहरुको सहभागीता रहेको थियो कार्यक्रमको सहजीकरण माइती नेपाल बर्दियाकी संयोजक गायत्री रिमालले गर्नु भएको थियो ।

 

सम्बन्धित समाचार

Facebook Comments