पुस्तकालय दिवसमा हाजिरी जवाफसँगै बक्तृत्वकला
विन्दु चौधरी, बाँसगढी । बर्दियाको बाँसगढीमा नगरस्तरिय अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । १६ औँ पुस्तकालय दिवसको अवसरमा शुक्रबार बाँसगढी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको आयोजनामा प्रतियोगिता गरिएको छ ।
हाजिरी जवाफ प्रतियोगितामा बाँसगढी एकेडेमी पब्लीक स्कुलले प्रथम स्थान प्राप्त गर्न सफल भएको छ । बालज्योती एकेडेमी ककौरा द्वितिय, नेपाल राष्ट्रिय मावि बाँसगढीले तृतिय र जनता मावि बठुवाले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन् । प्रतियोगितामा प्रथम, द्धितिय तृतिय र सान्त्वना हुने सहभागीहरुलाई क्रमशः २ हजार, १ हजार ५ सय, १ हजार र ७ सय रुपैया नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ । बाँसगढी नगरपालिका भित्रका १३ वटा मावि तहका प्रत्येक विद्यालयका एक जना छात्रा र एक जना छात्र गरी २६ जना विद्यार्थी सहभागि थिए ।
पुस्तकालयका अध्यक्ष गोविन्द्र प्रसाद शर्मा रेग्मीको अध्यक्षतामा भएको प्रतियोगितामा बाँसगढी नगर प्रमुख खडक बहादुर खड्का, शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख मनप्रसाद रेग्मी, लगायत शिक्षक, विद्यार्थीहरु सहभागी थिए । कार्यक्रमको सहजीकरण नेरामाविका शिक्षक फणिन्द्र प्रसाद ढुँङ्गानाले गर्नु भएको थियो । पुस्तकालय दिवसको अवसरमा त्रिभुवन सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र ककौराले आयोजना गरेको पुस्तौ पुस्ताको लागि पुस्तकालय विषयक बक्तृृत्वकला प्रतियोगितामा नेरामावि बाँसगढीका सन्तोष वली प्रथम हुनु भएको छ ।
बालज्योती एकेडेमी स्कुल ककौराका सिद्धार्थ पंगेनी द्वितिय, त्रिभुवन मावि ककौराका संगम थापा तृतिय र जनप्रिय मावि दमौलीका सविना कुंवर सान्त्वना हुनुभएको छ । प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुने सहभागिहरुलाई १ हजार पाँचसय, १ हजार, ८ सय र ५ सय रुपैया नगदसहित प्रमाण पत्र प्रदान गरिएको छ । प्रतियोगितामा बाँसगढी नगर भित्रका १२ वटा विद्यालयको सहभागिता रहेको थियो । पुस्तकालयका कार्यबहाक अध्यक्ष शारदा कुमारी आचार्यको अध्यक्षतामा भएको प्रतियोगितामा बाँसगढी नगरपालिका वार्ड नम्बर ८ का वडाअध्यक्ष तुलप्रसाद गौतम, शिक्षक, विद्यार्थीहरु सहभागी थिए । बक्तृत्वकला प्रतियोगिताको संचालन पुस्तकालयका कोषाध्यक्ष यज्ञ बहादुर वलीले गर्नु भएको लाईब्रेरियन मिना पौडेलले जानकारी दिनुभयो ।
Facebook Comments