• ८ असार २०८२, आइतवार
  • २१ °C काठमाडौं
सामुदायिक विद्यालयमा लगानी बालुवामा पानी

हरि सी, १६ असार, बर्दिया (विचार) । नेपालको संविधानमा १ देखी ९ सम्म निःशुल्क र अनिवार्य शिक्षा भनिएतापनि सरकारी स्कुलमा विभिन्न बहानामा शुल्क उठाउने गरेको पाइन्छ । संस्थागत स्कुलहरुले शैक्षिक सामाग्रीको ब्यापारको साथै बर्सै पिच्छे किताबहरु परिवर्तन गरि विद्यार्थीले थेग्न नसक्ने गरि किताबको झोला बोकाउँन छाड्दैनन् । विज्ञान र प्राविधिको तीब्र विकाससगै विद्यार्थीहरूको सोच्ने र बुझने शैलीमा पनि परिवर्तन आएको पाईन्छ । 

आजका विद्यार्थीहरू शिक्षकको उपदेश सुन्न मन पराउँदैनन् । बरु शिक्षकले भन्दा बिद्यार्थीले आफुले सिक्न चाहेको कुरा नेट ईन्टरनेटबाट पहिले नै प्राप्त गरिसकेको हुन्छन् । संविधानमा ब्याबाहरिक, सिपमुलक र जीवन उपयोगी शिक्षा भनिएतापनी हाम्रो देशको भूगोल, कला संस्कृति, समाज र उत्पादनसँग शिक्षा जोडिएको छैन । नयाँ पुस्ताले चाहेको शिक्षा नेपालमा नभएकै कारण पनि आज देशको हजारौं दक्ष जनशक्ति बिदेशिन बाध्य भएको छ । यो बिषयमा राज्य भने गैरजिम्मेवार देखिएको छ । अभिभावकहरुको विशेषगरी आफ्नो बालबालिकाहरुको स्वभाव, संवेदनशीलता, आचरण, व्यवहार, आत्मविश्वास, आत्मसम्मान, सिक्ने क्षमता, सामाजिक सम्बन्ध कायम गर्न र सिप विकासमा महत्वपूर्ण भूमिका रहेको हुन्छ । 

त्यसैले बालबालिकाको पहिलो विद्यालय उनीहरुको घर मानिन्छ । त्यस्तै अभिभावक पहिलो शिक्षक हुन् । हिजोआज आफ्नो नानी बाबुहरुलाइ घरमा हेरचाह गर्न झन्झट मान्ने सानै उमेरमा नै स्कुलमा भर्ना गर्ने प्रचलन बढेको छ । अभिभावकहरुको व्यस्त दैनिकी र बालबालिकाहरूले दिने झन्झटबाट मुक्तिका लागि यो एक हिसाबले राम्रो पनि होला तर व्यावहारिक कोणबाट हेर्दा त्यति उपयुक्त मानिदैन । विद्यार्थीको सीप कला र फरक क्षमताको नापतौल गरिदैन केवल बालबालिकाको सिकाइ उपलब्धी भन्दा पनि पास र फेल भएको हेर्ने प्रचलन अभिभावकको हुन्छ । अहिलेको बर्तमान देशको शिक्षा प्राणालीले चाहेको कुरा पनि यही नै हो । यसको सिकार हाम्रो अभिभावकहरु भएका छन्  । 

राष्ट्रिय परीक्षा बोर्डले पहिलो पटक ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा २०८० सार्वजनिक गरेको छ । देशैभर ४८ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् भने ५२ प्रतिशत अनुउत्तिर्ण भएका छन् । बर्दिया जिल्लामा २३ प्रतिशत बिद्यार्थी मात्र उत्तिर्ण भएको तथ्यांक आएको छ । बर्दिया जिल्लाभरीका ३१ वटा माध्यमिक विद्यालयको रिजल्ट १० प्रतिशत भन्दा कम आएको छ भने ७ वटा स्कुल निल भएका छन् । 

सामुदायिक विद्यालयमा ४० प्रतिशत भन्दा माथी विद्यार्थी उत्तिर्ण गर्न सफल ७ वटा बिद्यालयहरुमा  शिवसुन्दर मावि ठाकुरबाबाले ७१ प्रतिशत, शिवगुर्गा माबि दुर्गापुर मधुवन ६५ प्रतिशत, जनमुखी सेकेन्डरी स्कुल गुलरिया ६२ प्रतिशत, जगदम्बा माबि मढेला ठाकुरबाबा ६० प्रतिशत, नेरामाबि कर्मला ठाकुरबाबा ५३ प्रतिशत, नेरामाबि बेतहनी ठाकुरबाबा ५२ प्रतिशत र पुर्ण हिरा माबि लक्ष्मणा बाँसगढीमा ४१ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन । जिल्ला भरीका ३१  वटा सामुदायिक विद्यालयहरुको नतिजा दयनीय छ । 

१० प्रतिशत भन्दा कम रिजल्ट ल्याउने बिद्यालयहरुमा नेरा शम्भुशरण माबि खैरापुर गुलरिया उत्तिर्ण १२ जना एनजी ९८ जना, किसान माबि बनकट्टी ठाकुरबाबामा उत्तिर्ण ७ जना एनजी ६४ जना, पांचजन्य नमुना माबि पदनाहा उत्तिर्ण १३ जना एनजी १२५ जना, अमर सहिद माबि राजापुर उत्तिर्ण १० जना एनजी ९८ जना, कोटही माबि तुलापुर गुलरिया उत्तिर्ण ४ जना एनजी ४३ जना, जयकालिका माबि मुनालबस्ती  बढैयाताल उत्तिर्ण ६ जना एनजी ६५ जना, आदर्श माबि मोतिपुर बाँसगढी उत्तिर्ण २ जना एनजी २३ जना, कालिका माबि चनौरा राजापुर उत्तिर्ण ७ जना एनजी ८३ जना, पकुमाबि जयपुर राजापुर उत्तिर्ण ३ जना एनजी ३६ जना, युवक मा बि थानफेना बारबर्दिया उत्तिर्ण ४ जना एनजी ४९ जना छन् । 

जनता माबि गोला गेरुवा उत्तिर्ण ६ जना एनजी ८० जना, बबई शिशुमन्दिर माबि बर्गदा ठाकुरवाबा उत्तिर्ण २ जना एनजी २९ जना, मानपुर टपरा माबि राजापुर उत्तिर्ण ६ जना एनजी ८९ जना, जनज्योति मा बि बनगाइ बारबर्दिया २ जना एनजी ३६ जना, नेपाल राष्ट्रिय माबि राष्ट्रिय माबि गोडियाना राजापुर उत्तिर्ण ५ जना एनजी ९७ जना रामजानकी माबि भैसासुर बाँसगढी उत्तिर्ण २ जना एनजी ४७ जना, जानकी माबि शिरकोइया गुलरिया उत्तिर्ण  १ जना एनजी २४ जना, नेपाल राष्ट्रिय माबि गोब्रेपुर उत्तिर्ण १ जना एनजी २४ जना, महाकवि देवकोटा माबि गुलरिया उत्तिर्ण ३ जना एनजी ७६ जना, जानकी माबि जनकनगर गेरुवा उत्तिर्ण २ जना एनजी ५२ जना, नेरामाबि लक्ष्मणपुर बाँसगढी उत्तिर्ण ३ जना एनजी ९० जना छन् । 

महाकवि देवकोटा माबि गुलरिया खुल्ला उत्तिर्ण ४ जना एनजी १४० जना,  भृकुटी माबि देउडाकला बाँसगढी उत्तिर्ण २ जना एनजी ७६ जना, अमरज्योती माबि सितापुर बढैयाताल उत्तिर्ण १ जना एनजी ३९ जना, ज्ञानज्योती मा बि बढैयाताल उतिर्ण २ जना एनजी ७८ जना, सिम्हा माबि बेलबार बारबर्दिया उत्तिर्ण १ जना एनजी ४२ जना, पशुपती माबि पशुपतिनगर गेरुवा उत्तिर्ण २ जना एनजी ८५ जना, सरस्वती माबि शिवशक्तिपुर बढैयाताल उत्तिर्ण १ जना एनजी ४९ जना, नेरामाबि वेलबाबज्जा बारबर्दिया उत्तिर्ण १ जना एनजी ४२ जना, लालिगुरास माबि माछागड बाँसगढी उत्तिर्ण १ जना एनजी ५४ जना र नेपाल राष्ट्रिय माबि प्रयागपुर गुलरिया उत्तिर्ण १ जना एनजी ६८ जना विद्यार्थी रहेका छन ।  

जम्मा ३१ वटा स्कुलमा २ हजार १२८ जना विद्यार्थी  मध्ये १ सय १७ जना मात्र उत्तिर्ण भएका छन् । जिल्ला भरिका ७ वटा सामुदायिक बिधालयहरुमा एसईई रिजल्ट शुन्य आएको छ । निल नतिजा आएका स्कुलहरुमा जनता माबि बेलवा बाँसगढी, नेरा गणेश माबि मनाउ गेरुवा, लक्ष्मी माबि चेपाङ बाँसगढी,  जनता माबि बठुवा बाँसगढी, अमर सहिद दशरथ चन्द माबि बारबर्दिया, जगदम्बिका माबि शान्तिपुर बढैयाताल र पृथ्वी माबि लखना बाँसगढीमा जम्मा ४ सय ५८ जना विद्यार्थी मध्ये सबै जना अनुत्तीर्ण  भएका  छन् । सामुदायिक स्कुलका शिक्षकहरुले आफ्नो नानी बाबुहरुलाइ चटक्क स्कुल ड्रेस टिफिन बोकेर पहिला आफ्नो बच्चा बोडिङ्ग स्कुल छोडेर आउने त्यस पछि आफू स्कुल जाने गरेको पाईन्छ ।

बिद्यालय समयमा कोर्स पूरा नगर्ने चर्को शुल्क असुल गरेर विद्यार्थीलाई कोचिङ्ग क्लास पढ्न बाध्य बनाउने गरेको पाईन्छ । दरबन्दी मिलान गर्दा शिक्षकहरूको अनुहार हेरेर बिषय मिलान गर्ने प्रवृत्ति र कतिपय विद्यालयमा मुख्य बिषय अंग्रेजी, गणित र विज्ञान बिषयको शिक्षक राजनीतिक पावर र पहुँचबाट निजि स्रोतबाट नियुक्ति भएको कारण शैक्षिक गुणस्तरमा यस्तो समस्या आएको बुझ्न सकिन्छ । यसमा सम्बन्धि निकायको चाँसो र चिन्ता कतै पनि देखिएको छैन । त्यसैले सम्बन्धि स्कुलका प्रधानाध्यापक, स्थानीय तहका शिक्षा प्रमुख र जिल्ला शिक्षा बिकास तथा समन्वय इकाई बर्दियाले एसईई रिजल्टको बिषयमा तत्काल गम्भीर समिक्षा गरि मौका परिक्षा दिन पाउने विद्यार्थीहरुलाइ निःशुल्क कोचिङ क्लासको ब्यबस्था मिलाउनु आवस्यक छ ।  

शिक्षा जस्तो संवेदनशील निकायलाई निजीकरणमा प्रोत्साहन दिने सरकारी नीतिले किसान मजदुर न्युन वर्गीय जनताका छोराछोरीले गुणस्तरीय शिक्षाबाट वञ्चित भएको छन । निजि स्कुलमा १५ हजार तलब खाने शिक्षकले टिनको टहरा मुनि पढाएका विद्यार्थी उत्कृष्ट अंक ल्याउन सफल भएका छन । सामुदायिक बिद्यालयमा राज्यले उपयुक्त खालको भौतिक पुर्वाधार सहित निःशुल्क  पाठ्यपुस्तक, खाजा नास्ता र विभिन्न सेवा सुविधा सहित दक्ष शिक्षकहरुको ब्याबस्थापन गरेको भएता पनि एसईईको रिजल्ट र्दुदशा आउँदा राज्यको करोडौं लगानी बालुवामा पानी हाले जस्तै भएको छ । 

त्यसैले सम्बन्धित स्कुलका प्रअ, स्थानीय सरकार, जिल्ला शिक्षा बिकास तथा समन्वय इकाई र सरोकारवाला निकायले बर्दिया जिल्ला को समग्र एसईई रिजल्टको बिषयमा तत्काल गम्भीर समिक्षा गरि आगामी दिनहरूमा यस्तो गल्ती नदोहो¥याउन शैक्षिक गुणस्तर सुधार गर्नको लागि निति तथा कार्यक्रमहरु बनाइ अघि बढ्नु पर्ने देखिन्छ । साथै मौका परिक्षा दिन पाउने विद्यार्थीहरुलाइ निःशुल्क कोचिङ कलासको ब्यबस्था अनिवार्य मिलाउनु पर्ने आवस्यक छ । विद्यार्थी कहिल्यै फेल हुँदैनन्, बरु शिक्षक र बर्तमान शिक्षण सिकाइ विधि फेल भएको हो । विद्यार्थी भाइ बहिनीहरु निराश नहुनुहोला । मिहिनेत जारी राखौं एक दिन सफल अवस्य भइन्छ । 

लेखक नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (समाजवादी) का केन्द्रिय सदस्य तथा बाँके बर्दिया जिल्ला इन्चार्ज हुनुहुन्छ ।

 

सम्बन्धित समाचार

Facebook Comments