• ३ चैत २०८१, सोमवार
  • २३ °C काठमाडौं
गुलरियामा महुवा खेती प्रर्वद्धनका लागि स्थानीयहरु अग्रसर 

विष्णु अधिकारी, २५ असार, बर्दिया । महुवा प्रर्वद्धन गर्नका लागि प्रदेश सरकारको योजना अन्तर्गन गुलरिया नगरपालिका वडा नं. ५ बालापुरमा महुवा खेती प्रर्वद्धन गरिएको छ । तराईको रैथाने तथा लोपोन्मुख महुवा जातीको विरुवा संरक्षण गर्नका लागि १.३ हेक्टर जग्गामा यसै बर्ष बृक्षारोपण गरिएको डिभिजन बन कार्यालय बर्दियाका बरिष्ठ अधिकृत दोर्ण शर्माले जानकारी दिनु भएको छ । 

राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा २ हजार ७४ वटा महुवा जातीको विरुवा वृक्षारोपण गरिएको र सो क्षेत्रलाई तारजाली सहित संरक्षणको पाटोलाई पनि संगसंगै लगेको शर्माले बताउनु भयो । यस क्षेत्रको संरक्षण र व्यवस्थापकिय जिम्मा थारु सामुदायिक वन उपभोक्ता समितिले गर्ने र महुवाको पात अन्य विरुवाको जस्तो पुरै नझर्ने तथा यस विरुवाको उचाई १८ मिटर सम्म हुने डिभिजन वन कार्यालय बर्दियाका वरिष्ठ अधिकृत शर्माले संचारकर्मीहरुको स्थलगत अनुगमनका क्रममा बताउनु भएको हो । 

महुवा प्रजाती समुन्द्र सतह देखि १ हजार मिटर उचाईमा पाईनुका साथै थारु संस्कृति संग जोडिएको बृक्ष भएको हुदाँ महुवाको फल, विउ सबै प्रयोगमा आउने र संस्कृति सँग जोडिएको वृक्ष भएकाले यसको संरक्षणमा स्थानीयहरु स्वत स्फुर्त रुपमा लागेको गुलरिया नगरपालिका वडा नं. ५ का काली बहादुर चौधरीले बताउनु भयो । डिभिजन बन कार्यालय बर्दियाका प्रमुख प्रविण विडारीले जैविक मार्ग अन्तर्गत पर्ने मधुवन नगरपालिका वडा नं. ३ मा स्थानीयको चाहाना अनुसार हात्ति जस्ता ठुला जनावरबाट हुने क्षति न्यूनिकरणका लागि विद्युतिय तारबार गरेको क्षेत्रमा छोयो भने साइरन बज्ने भएकाले स्थानीयहरुलाई सतर्क रहन मद्दत गर्ने बताउनु भयो । 

प्रमुख विडारीले मानव वन्यजन्तु द्धन्द न्युनिकरणका लागि मधुवन नगरपालिका वडा नं. ५, गाउँ नं. १० शक्तिपुरमा  स्थानीयहरुको बालीनाली हात्तिले क्षति पु¥याउने भएका कारण हात्ति लगाएत अन्य जंगली जनावरबाट हुने क्षति न्यूनिकरणका लागि पक्की मचान निर्माण गरिएको बताउनु भयो । पक्की मचान निर्माण गर्न डिभिजन बन कार्यालय बर्दियाले ६ लाख ५० हजार र स्थानीय जनश्रमदान ७२ हजार गरि ७ लाख २२ हजार लागतमा ३ तले पक्की मचान निर्माण भएको स्थलगत अवलोकनको क्रममा प्रमुख विडारीले जानकारी दिनुभएको थियो ।  

सम्बन्धित समाचार

Facebook Comments