• ११ वैशाख २०८२, बिहिवार
  • १८ °C काठमाडौं
बारबर्दियाका रोजगार प्रदायकसंग महिलामैत्री छलफल 

चुरेकुञ्ज, १४ साउन, बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकामा रहेका रोजगार दाताहरुलाई महिलामैत्री रोजगार स्थल तथा नीतिगत अवस्थाको बिषयमा सोमबार जयनगरमा अभिमूखिकरण तथा छलफल गरिएको छ । रोजगार प्रदायक निकायहरुको सहभागितामा महिला पुरुषको निर्णायक प्रक्रियामा समान सहभागिता तथा प्रतिनिधित्वको बिषयमा अभिमूखिकरण गरिएको हो । 

सहभागीहरुलाई महिलामैत्री स्वरोजगार संचालनसंगै महिलाहरुको पहुँच तथा सहजताका लागि अपनाईनुपर्ने नीति तथा कानुन, महिला कार्यरत रहेका जुनसुकै क्षेत्रमा पुरुष सरह महिलालाई पनि पारिश्रमिक हुनुपर्ने, महिलाहरुका हकअधिकार तथा सम्मान गर्नुपर्ने लगायतका बारेमा जानकारी गराईएको छ । महिलाहरु हरेक क्षेत्रमा क्रियाशिल रही निरन्तर कार्य गरिरहेको अवस्थामा महिला र पुरुषलाई समान दृष्टिकोणले हेर्नु पर्ने र समान व्यवहार अवलम्बन गर्ने कुरामा छलफल गरीएको थियो । 

महिला सेवा प्रदायक हरेक ठाउँमा महिलाहरुको पहुँचका लागि नीति नियम लागु गरी पुरुष समान हुनुपर्ने कार्यक्रमका सहभागीहरुले बताउनु भएको छ । प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समुह (वि–गु्रप) को साझेदारीमा संचालित बाल विवाह न्युनिकरण परियोजना अन्तरगत अभिमुखिकरण गरिएको छ । अभिमूखिकरणको सहजीकरण गर्दै परियोजनाका रोजगार (प्राविधिक) संयोजक खेम भण्डारीले शिक्षा, यौन तथा प्रजनन स्वास्थ्य अधिकार, ब्यबसायिक सीप विकास र आयआर्जन, नकारात्मक अभ्यासहरु, बाल संरक्षणको क्षेत्रमा काम गरिरहेको जानकारी गराउनु भएको छ । 

रोजगार तथा आयआर्जनको क्षेत्रमा काम परियोजना अवधिमा १ सय ३० जनालाई सीप विकास तालिम दिएको बताउनु भयो । कार्यक्रममा सहकारी, होटल व्यवसायी संघ, संस्थागत विद्यालय, सिलाई कटाई तालिम केन्द्र, साना किसान सहकारीका पदाधिकारी, उद्योग बाणिज्य संघ तथा ब्यापारी लगायतको सहभागितामा अभिमूखिकरण गरिएको परियोजनाका फिल्ड सुपरभाईजर सुनिता चौधरीले जानकारी दिनु भएको छ । 

सम्बन्धित समाचार

Facebook Comments