एसईईमा उत्कृष्ट अंक ल्याउने राजापुरका छात्रछात्रालाई सम्मान
केशव कोईराला, १४ साउन, राजापुर (बर्दिया) । बर्दियाको राजापुर नगरपालीका वडा नं ६ ले मानपुर माध्यामिक बिद्यालय मानपुर टपरावाट शैक्षिकसत्र २०८०/०८१ को एसइई परिक्षामा उत्कृष्ट अंक ल्याउने छात्र छात्रालाई सम्मान गरेको छ ।
वडा अध्यक्ष असराज न्यौपानेले एक कार्यक्रमका बिच बिध्यालयका छात्र अग्नि प्रसाद न्यौपाने र छात्रा अन्जना गिरलाई साइकल, ब्याग र सम्मान पत्र सहित सम्मान गर्नुभयो ।
बिद्यार्थीहरुको मनोवलमा बृद्धी भई आगामि दिनमा पढाइमा लगाव होस भन्ने उदेश्यले आवश्यक सामग्री सहित सम्मान गरीएको अध्यक्ष न्यौपानेले बताउनु भयो । आवश्यक सामग्री सहित सम्मान गरिएकोमा बिद्यार्थी हौसियका छन् । ३० हजार रुपैयाको लागतमा उक्त सामग्री खरिद गरिएको वडा कार्यलयले जनाएको छ ।
Facebook Comments