• २६ असार २०८२, बिहिवार
  • २० °C काठमाडौं
बारबर्दियाका किशोर किशोरीहरुलाई दौतरी शिक्षा सम्बन्धी प्रशिक्षण 

चुरेकुञ्ज, १६ साउन, बर्दिया । बारबर्दियाका किशोर किशोरीहरुलाई समुदायमा रहेका हानिकारक अभ्यासलाई न्युनिकरणमा सहयोग पुर्याउनका लागि दौतरी सहकर्मीलाई दौतरी शिक्षा सम्बन्धी प्रशिक्षण दिईएको छ । बारबर्दिया नगरपालिका वडा नम्बर ५ का विद्यालयमा अध्ययनरत किशोरकिशोरी र नव विवाहित युवतीहरुलाई दौतरी सहकर्मीहरुबाट समुदायमा सकारात्मक सन्देश प्रवाह गर्नमा सहयोग पुर्याउने उदेश्यले प्रशिक्षण गरिएको हो । 

बारबर्दिया नगरपालिकाकी नगरउपप्रमुख रत्नकुमारी पाण्डेले किशोर किशोरीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य अधिरकार सम्बन्धी जानकारी गराई सभ्य र सुसंस्कृत समाज निर्माण गर्न आवश्यक रहेको बताउनु भएको छ । समुदायमा रहेको बाल विवाह, र्दुव्यशनी जस्ता नकारात्मक अभ्यासलाई न्युनिकरण गर्न किशोर किशोरीहरुलाई नै बढी सहजिकरण गर्न आवश्यक रहेको औल्याउनु भयो । सहजिकरणले किशोर किशोरीहरुलाई समुदायमा सकारात्मक सन्देश प्रवाह गर्न सहयोग पुग्ने अपेक्षा उहाँको छ । बारबर्दिया नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष लाल बहादुर चौधरीले किशोर किशोरीहरुलाई सचेत गराउनका लागि विभिन्न किसिमका क्रियाकलापहरु गर्दै आएको बताउनु भयो । प्रशिक्षणले पनि किशोर किशोरीमा सकारात्मक शिप र ज्ञानको विकास हुने विश्वास ब्यक्त गर्नु भएको छ । 

किशोर अवस्था भनेको परिर्वतनको समय हो । यो अवस्थामा धेरै जिज्ञासा कौतुहलता रहने र गलत अभ्यास तर्फ जान सक्ने भएकोले सकारात्मक सन्देश प्रवाहका लागि किशोर किशोरीहरुको महत्पुर्ण भूमिका हुन सक्ने कुरालाई मध्यनजर गरेर तालिम प्रदान गरीएको छ । समुदायमा गलत अभ्यासको रुपमा रहेको बाल विवाह, लागुपदार्थ दुव्यवशनीलाई किशोर किशोरीहरु मार्फत न्युनिकरण गर्नका लागि प्रशिक्षणले सहयोग पुग्ने परियोजनाकी अनुगमन तथा मुल्याँयाकन अधिकृत सुमित्रा पौडेलले बताउनु भएको छ ।

सहभागी किशोर किशोरी विश्व थारु र सारथी विकले तालिमबाट धेरैकुरा सिक्ने अवसर पाएको बताउनु भयो । आफुले सिकेका कुरालाई आफ्ना साथीहरुलाई सकारात्मक सन्देश प्रवाह गर्नमा सहयोग पुर्याउने बताउनु भएको छ । तालिमको सहजिकरण भेरी अस्पताल नेपालगंजका नर्सिङ्ग प्रशासक ईश्वरी केसी र अस्पताल नसिङ्ग निरिक्षक सविना अधिकारीले गर्नु भएको छ । 

प्लान ईन्टरनेशनल नेपाल र कोइकाको आर्थिक तथा प्राविधिक सहयोगमा राधाकृष्ण थारु जनससेवा केन्द्र गुलरियाद्धारा संचालित किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार परियोजना अन्तरगत ५ दिने प्रशिक्षण कार्यक्रम गरिएको छ ।  बारबर्दिया ३ बेलवाबज्जामा रहेको ट्राभल्स भिलेज होटलमा सोमबार देखि शुक्रबार प्रशिक्षण तथा कार्यक्रम भएको राधाकृष्ण थारु जनसेवा केन्द्रद्धारा संचालित परिपयोजनाकी सुपरभाईजर लक्ष्मि भुर्तेलले जानकारी गराउनु भएको छ ।

सम्बन्धित समाचार

Facebook Comments