गाई, भैसीको गोबरबाट उत्सर्जित मिथेन ग्यास घटाउने अभियान
चुरेकुञ्ज, १६ साउन, बर्दिया । गाई र भैंसीहरूको गोबरबाट हुने मिथेन उत्सर्जनले जलवायु परिवर्तनमा ठूलो भूमिका खेल्ने गरेको पाईन्छ । सामाजिक अभियन्ता एवम् अधिवक्ता अंकित पाठकले बाँके र बर्दिया जिल्लाका पशुहरुबाट हुने मिथेन उत्सर्जन नियन्त्रण गर्न अभियान शुरु गर्नु भएको छ ।
मिथेन ग्यास कार्बन डाइऑक्साइड भन्दा २८ गुणा बढी प्रभावकारी छ र विश्वव्यापी जलवायु परिवर्तनमा गाई भैसीबाट उत्सर्जन हुने मिथेन ग्यास ३२% जिम्मेवार छ । नेपालमा धेरै किसानहरूले यस समस्याको महत्वलाई राम्रोसँग बुझ्न नसक्दा स्थानीय पहलहरू प्रभावकारी हुन नसकेको अभियन्ता पाठकले बताउनु भएको छ । उहाँले बाँके र बर्दिया जिल्लाका ५० घरानामा सस्तो र व्यावहारिक समाधानका उपायहरू प्रस्तुत गर्नुभएको छ ।
उहाँका अनुसार पशुहरुबाट उत्पादन हुने मिथेन ग्यासको उत्सर्जन न्यूनिकरण गर्न अभियान अन्र्तगत विभिन्न विधिहरु अघि सारिएको छ । जस अन्र्तगत सिल्भोपास्चर प्रणाली : चरन क्षेत्रमा रूख, झार, र हर्ब्सको समावेशले गाईहरूको पोषणमा सुधार ल्याउँछ र मिथेन उत्सर्जनलाई कम गर्न मद्दत गर्छ । यसका साथै, रूखका शाखा र तल्लाले मिथेनलाई सिधै अवशोषित गर्छ ।
लसुनको पाउडर : गाईहरूको आहारमा लसुनको पाउडर थप्दा मिथेन उत्सर्जनलाई उल्लेखनीय रूपमा घटाउन सकिन्छ । किसानहरूले यो नयाँ विधिहरूको प्रयोग गरेर दूध उत्पादनमा सुधार र मिथेनसँग सम्बन्धित समस्यामा कमी अनुभव गरेको उहाँको भनाई छ । यी उपायहरूको व्यापक प्रयोगले हाम्रो वातावरणलाई बचाउन समेत मद्दत गर्छ ।
Facebook Comments