माध्यमिक विद्यालयका किशोरीहरुलाई मानव बेचविखन विरुद्ध सचेतना
मुरली गोडिया, १३ असोज, गुलरिया (बर्दिया) । मानव बेचविखन तथा ओसारपसार विरुद्ध सम्भावित जोखिम न्युनिकरणका लागी एक दिवसीय अभिमुखीकरण कार्यक्रम गरिएको छ । माइती नेपाल बर्दियाको अयोजनामा गुलरिया नगरपालिकामा भएका १० ओटा माध्यमिक विद्यालयका किशोरीहरुलाई मानव बेचविखन विरुद्ध सचेतना मुलक अभिमुखिकरण गरायएको हो ।
बर्दिया जिल्लामा मानव बेचविखनको वर्तमान अवस्था, जोखिम न्युनिकरणका उपायहरु, मानव बेचविखन हुने कारणहरु, बेचविखनमा संलग्नलाई कार्वाहीको प्रक्रिया, प्रचलित ऐन कानुनी लगायतका बारेमा उपस्थित किशोरीहरुलाई जानकारी गराइएको छ । १० वटा विद्यालयका करिब २५ जना किशोरीहरुलाई लक्षित गरि कार्यक्रम गरिएको माइती नेपाल बर्दियाले जनाएको छ । बर्दिया जिल्ला मानव बेचविखनका दृष्टिकोणले जोखिम जिल्ला मानिएको भन्दै विद्यालय स्तरबाटै किशोरी मार्फत सचेतना फैलाए घरपरिवार हुँदै समाजमा समेत यसबाट जानकारी हुने उद्धेश्यले किशोरीलाई लक्षित गरि कार्यक्रम गरिएको माइती नेपाल बर्दियाकी संयोजक गायत्री रिमालले जानकारी गराउनु भयो ।
कार्यक्रममा उपस्थिती जनाएका किशोरीहरुले कार्यक्रमबारे सकारात्मक प्रतिक्रिया दिएका छन । संघसंस्थाले मानव बेचविखन बारे बोलाएर आफै सचेत गराउनु राम्रो भएको कार्यक्रममा सहभागी हुन आएका महाकवि देवकोटा माविकी छात्रा सीता थापा मगरले बताउनु भयो । विद्यालयमा अध्ययन गर्ने किशोरीहरुले मानव वेचविखन बारे जानकारी लिई उनिहरुले आफनो घरपरिवार लगायत समाजमा समेत जानकारी गराउने ध्रुव माविकी छात्रा कृति डीसीको भनाई छ । यस्ता कार्यक्रमहरु नियमित रुपमा विद्यालय, गाँउटोलमा समेत लगी सचेतना फैलाउनु पर्ने सहभागीहरुले जोड दिएका छन ।
नेपालमा मानव बेचविखन तथा ओसारपसार सम्बन्धि भएका घटनाहरुको प्रबृति, नेपाल सरकारले रोकथामका लागी चालेका पहलहरु, मानव बेचविखनमा परेकालाई दलालहरुले प्रयोग गर्ने कामहरुका बारेमा माइती नेपाल बर्दियाकी संयोजक रिमालले सहजीकरण गर्नु भएको थियो । उक्त कार्यक्रममा गुलरिया नगरपालिकाकी नगर उपप्रमुख सावित्रा गौतम, महिला तथा बालबालिका शाखाकी निमित्त प्रमुख, नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादवप्रसाद आचार्य लगायत किशोरीहरुको सहभागीता थियो ।
Facebook Comments