विद्यालय सुरक्षाको न्युनतम प्याकेज सम्बन्धी अभिमुखिकरण
मुरली गोडिया, ५ कार्तिक, बर्दिया । जिल्लाको समग्र शैक्षिक स्तरलाई थप गुणस्तरिय बनाई विद्यालयलाई कसरी सुरक्षित र भरपर्दो बनाउन सकिन्छ भन्ने विषयमा बर्दियाका प्रधानाध्यापक तथा शिक्षकहरुलाई अभिमुखीकरण गराइएको छ । विभिन्न विपद्ले समेत शैक्षिक स्तरलाई कमजोर बनाउने भएको हुँदा बृहत विद्यालय सुरक्षाको न्युनतम प्याकेज नै तयार गर्ने गरि पालिकाका शिक्षकहरुलाई २ दिने अभिमुखी गरिएको छ ।
बृहत विद्यालय सुरक्षा फ्रेमवर्क, विद्यालय सुरक्षा न्युनतम प्याकेज, न्युनतम प्याकेज कार्यान्वयन कार्यविधिं र स्थानीय तह तथा विद्यालयको योजनामा सहयोग पु¥याउन सक्षम बनाउँने गरि शिक्षक तथा प्रधानाध्यापकहरुलाई अभिमुखिकरण गराइएको छ । आइतबार देखी शुरु भएको अभिमुखीकरण कार्यशाला सोमबार समापन भएको छ । भेरी वातावरणिय विशिष्टता समुह (वि गु्रप) को अयोजना, प्लान इन्टरनेशनल नेपालको सहयोग र शिक्षा विकास तथा समन्वय इकाई बर्दियाको समन्वयमा अभुमुखिकरण कार्यक्रममा सम्पन्न गरिएको कार्यक्रम संयोजक लक्ष्मीप्रसाद शर्माले जानकारी दिनुभयो ।
अभिमुखीकरण कार्यक्रममा बोल्दै शिक्षा बिकास तथा समन्वय इकाइ बर्दिया प्रमुख सुर्य खत्रीले विद्यालयहरुमा शैक्षिक स्तर संग संगै संरचनागत सुधारको आवश्यकता रहेको बताउनु भयो । तालिमका सहजकर्ता एवं पुर्व योजना आयोगका सदस्य शिक्षाबिद जित बहादुर शाहले अभिमुखीकरणमा सिकेका कुराहरु आफना विद्यालयहरुमा लागु गर्न सुझाव दिनु भएको छ । विद्यालयले निर्वाह गर्नुपर्ने न्युनतम भुमिका, विपद पहिले नै अपनाउनु पर्ने सावधानी, विद्यार्थी र शिक्षक बिचको शैक्षिक सम्बन्ध लगायत थुप्रै विषयहरुमा प्रधानाध्यापक तथा शिक्षकहरुलाई अभिमुखिकरण दिनु भएको छ ।
सिकेका विषय बारे शिक्षक एवं सम्बन्धित सरोकारवाला निकायले समयमै ध्यान दिए शैक्षिक स्तरसँगै विद्यालयमा न्युनतम सुरक्षाका कार्यक्रम गर्न सकिने बताउनु भयो । बालविवाह न्युनिकरण परियोजना अन्तर्गत संचालन भएको अभिमुखीकरण कार्यक्रममा बोल्दै परियोजना प्रबन्धक भानु लिम्बुले विभिन्न विपद्ले देशका थुप्रै विद्यालयहरुलाई नोक्सान गराएको जानकारी गराउनु भयो ।
Facebook Comments