• ७ जेठ २०८२, मङ्गलवार
  • १९ °C काठमाडौं
खाता समन्वय समितिमा शुभकामनासँगै ल्यापटप हस्तान्तरण 

चुरेकुञ्ज, ९ कार्तिक, मधुवन (बर्दिया) । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ३ खातामा खाता सामुदायिक वन समन्वय समितिको आयोजनामा बडा दशै, शुभ–दिपावली तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा प्रोत्साहन कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । 

खाता संरक्षित वन अन्तर्गत खाता जैविक मार्गभित्र रहेका सम्पुर्ण सामुदायिक वनका अध्यक्ष, समुदायमा अधारित चोरी शिकार नियन्त्रण एकाई, आर.आर.टी. नेपाल प्रहरी, सशस्त्र प्रहरी वल, स्थानीय सरकार, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालाहरु विच शुभकामना आदानप्रदान कार्यक्रम गरिएको थियो । साथै खाता जैविक मार्ग क्षेत्रभित्र बसोबास गर्ने स्थानीय ब्याक्तिका छोराछोरीहरु वन विज्ञान अध्ययन गर्दै गरेकालाई वन समन्वय समितिले यस बर्षदेखी छात्रवृत्ति कोषमा आएको ब्याजबाट विद्यार्थीलाई पढ्नका लागि सहज होस भन्ने उदेश्यले शैक्षिक सामाग्री (ल्यापटप) प्रोत्साहन स्वरुप हस्तान्तरण गरेको खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष हरि गुरुङ्गले बताउनु भएको छ । 

उक्त शैक्षिक सामाग्री मधुवन नगरपालिकाका नगरप्रमुख तेज बहादुर भाट, वडा नं–१ का वडा अध्यक्ष मीन बहादुर थापा र समिति अध्यक्ष हरि गुरुङ्गले संयुक्त हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथी मधुवन नगरपालिकाका नगरप्रमुख तेज बहादुर भाट, वडा नं–१ का वडा अध्यक्ष मीन बहादुर थापा, कार्यपालिका सदस्य राधा पौडेल, वि.ओ.पी. धनौरा, भग्रैयाका सुरक्षा निकाय, सामुदायिक वनका पदाधिकारी, वनहेरालु सीवीएपीयू, आरआरटी लगायतको सहभागीता रहेको थियो ।

सम्बन्धित समाचार

Facebook Comments