शिक्षा क्षेत्रमा देखिने गरी काम गर्ने मन्त्री तिमिल्सिनाको उद्घोष
विष्णु अधिकारी, १५ कार्तिक, बर्दिया । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले शिक्षाको क्षेत्रमा आम नागरिकले सजिलै महशुस हुने गरि काम गर्ने बताउनु भएको छ । शिक्षा क्षेत्रको विकासका विषयमा प्रदेशको सिमित साधन श्रोतको सहि रुपले सदुपयोग गर्ने र आम नागरिकले आफुप्रति गरेको विश्वासमा कुठाराघात नगर्ने नेपाल प्रेस युनियन बर्दिया शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमममा मन्त्री तिमिल्सिनाले प्रतिवद्धता गर्नु भएको हो ।
शिक्षा मन्त्रालय अन्तर्गत लुम्बिनी प्रदेशमा ४७ सय ७३ विद्यालयहरु रहेको र जसमध्ये २८ सय ४ विद्यालयले प्रदेश संरचना तयार भएको ७ बर्षको अवधिमा एक रुपैया पनि सहयोग नपाएको संचारकर्मीहरु सँगको भेटघाट कार्यक्रममा जानकारी दिनु भयो । बर्दियाको विकासका लागि पत्रकारहरुले देखाएको चाँसोले बर्दियामा पत्रकारहरुका विच राजनितिकरण नभएको आफुले नजिकबाट बुझेको बताउनु भएको छ । आफुलाई प्रदेश सदस्य बनाउन बर्दियाका आम नागरिकले गरेको सहयोगका कारण आफु आज त्यस ठाउँमा पुगेकाले अब सहयोगको ऋण आफुले तिर्ने बेला आएकोले नागरिकको भावना बुझेर अघि बढ्नेमा उहाँको जोड छ ।
लुम्बिनी प्रदेशको एसइइ रिजल्ट ओरालो लाग्दो अवस्थामा रहेको कारण शिक्षामा गुणस्तर कसरी उकालो लगाउने भन्ने विषयमा आफुले पहिलो प्राथमिकतामा राखेर काम गर्ने लक्ष्य लिएको मन्त्री तिमिल्सेनाले बताउनु भयो । शिक्षाको गुणस्तरमा वृद्धि गरि प्रविधिसँग जोड्न सकिएन भने समाज रुपान्तरण हुन नसक्ने भएकाले शिक्षा विधेयकका विषयमा छलफल भई निकास निकाल्ने कुरामा आफुहरु एकमत रहेको वहाँको भनाई छ ।
लुम्विनी प्रदेश मन्त्री तिमिल्सिनाले बर्दिया कारागार गुलरियामा रहेका बन्दीहरुलाई दिपावलीको उपलक्ष्यमा शुभकामना दिदै फलफुल वितरण गर्नु भएको छ । फलफुल वितरण कार्यक्रममा उहाँले कैदी बन्दीहरुलाई कैदी जिवन सकिएपछि समाजमा सुध्रिएर जान सुझाव दिनु भयो । कारागार कार्यालयको क्षमता १ सय ५० जना रहेकोमा हाल ४ सय ४४ जना कैदी बन्दी रहेकाले व्यवस्थापनमा कठिनाई भएको कार्यालय प्रमुख काशी पंगेनीले बताउनु भएको छ । पंगेनीले कारगार जिर्ण अवस्थामा रहेकाले यसको पुन निर्माणको खाँचो रहेकाले आवाज उठाई दिन मन्त्रीसँग आग्रह गर्नु भएको छ ।
Facebook Comments