• २७ मंसिर २०८१, बिहिवार
  • ५ °C काठमाडौं
लैंगिक हिँसा बिरुद्धको १६ दिने अभियान शुभारम्भको क्रममा बाँसगढीमा अन्तरक्रिया

विन्दु चौधरी, १० मंसिर, बाँसगढी (बर्दिया) । ‘हामी सबैको प्रतिवद्धता : लैगिक हिंसा अन्त्यको लागि ऐक्यवद्धता’ भन्ने नारा सहित बाँसगढी नगरपालिकामो लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको । अभियानको अवसरमा सोमवार बाँसगढी नगरपालिकामा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

कार्यक्रममा नगरभित्र लैंगिक हिंसाका घटनाको न्यूनीकरणका उपाय, कानुनी व्यवस्था, जनचेतना, तथा सहयोगी संरचनाहरूको सुदृढीकरणबारे छलफल गरिएको छ । सहभागीहरुले समुदायमा लंैगिक समानता प्रर्वद्धन गर्न सामुहिक पहल आवश्यक रहेकोमा जोड दिएका छन् । कार्यक्रमका सहभागी अन्तुर्नि थारुले हिंसाको भुक्तभोगी बन्नेहरुका लागि न्याय सुनिश्चित गर्न प्रभावकारी कदम चाल्नुपर्ने बताउनु भयो । महिला नेतृ जुना खड्काले लैङ्गिक हिंसा विरुद्धको अभियान १६ दिन मात्र नभई ३ सय ६५ दिन नै सचेत ढंगले अभियानकै रुपमा चलाउनु पर्ने बताउनु भयो । उहाँले महिला न्याय केन्द्रलाई थप सशक्त बनाउने र हिंसा पीडितका लागि सहज पहँुचको व्यवस्था गर्नुपर्ने बताउनु भयो ।

बाँसगढी नगर उपप्र प्रमुख इन्दिरा चौधरीले कार्यक्रममा बोल्दै समाजमा व्याप्त लैंगिक असमानता र हिंसाका घटनालाई रोक्न सामूहिक प्रयास आवश्यक रहेको बताउनु भयो । लैंगिक हिंसा विरुद्धको अभियान मार्फत समाजमा सकारात्मक सन्देश पु¥याउन र हिंसाको विरुद्धमा अभियानमा एकजुट हुन अनुरोध गर्नुुभयो । उपप्रमुखको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा बाँसगढी नगरपालिका प्रमुख प्रशासकिय अधिकृत नोखिराम वली, कार्यपालिका सदस्य, जनप्रतिनिधि, योजना प्रमुख खड्क बहादुर लवी, महिला संजालका अध्यक्ष शिवकुमारी सापकोटा रहनु भएको थियो । 

त्यस्तै महिला नेतृ भुमि विक, विभिन्न संघ संस्थाका प्रतिनिधि, महिला अधिकारकर्मी, विषयगत शाखाका प्रमुख, इलाका प्रहरी, पत्रकार र स्थानिय महिलाहरुको सहभागिता थियो । बाँसगढी नगरस्तरिय मुक्त कमैया समाजका अध्यक्ष अतुर्नि थारुले बाँसगढी नगरपालिकाका उपप्रमुख इन्द्रिरा चौधरी र प्रमुख प्रशासकिय अधिकृत नोखिराम वलीलाई अनौपचारिक क्षेत्रका महिला श्रमिकहरूको अधिकार, सम्मानपूर्ण र हिंसामुक्त वातावरणको लागी संयुक्त अपिलका लागि ज्ञापन पत्र बुझाउनु भएको छ । अनौपचारिक क्षेत्रका श्रमिकहरुको अधिकारका लागि विभिन्न १३ बुदेँ माग ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार

Facebook Comments