• २७ मंसिर २०८१, बिहिवार
  • ४ °C काठमाडौं
यौन तथा प्रजनन स्वास्थ्य अधिकारबारे सामाजिक अगुवालाई सचेतना

मुरली गोडिया, १३ मंसिर, बर्दिया । धार्मिक गुरु तथा सामाजिक अगुवाहरुका लागी सकारात्मक यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य र अधिकारबारे अभिमुखिकरण गरिएको छ । बाँके युनेस्को क्लब बर्दियाको अयोजनामा भएको अभिमुखिकरण कार्यक्रममा विभिन्न धर्मका धार्मिक गुरु एवं सामािजक अगुवाहरुको सहभागीता थियो । 

धार्मिक गुरुहरुले भनेका कुराहरु समाजले प्रायःगरी मान्ने गरेकोले धार्मिक अगुवाहरुलाई सकारात्मक यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य अधिकारबारे जानकारी गराई उहाँहरु मार्फत समाजमा सचेतना फैलाउन सहज हुने क्लबकी फिल्ड सुपरभाइजर भगवती विकले बताउनु भयो । कार्यक्रममा सहभागी धार्मिक गुरुहरुले धर्ममा उल्लेख गरिएका विषयबारे प्रष्ट जानकारी गराएका थिए । 

नेपाली समाजमा स्वास्थ्य तथा प्रजनन बारे धारणा, समाजमा हुने विभेद वा सामाजिक कुरीतीको विषयमा धार्मिक ग्रन्थहरुमा उल्लेखित विषयबारे प्रष्ट्याईएको थियो । विभिन्न कुरीती एवं विभेदलाई कुनैपनि धर्मले अंगीकार नगरेको निष्कर्ष थियो । महिलाको महिनावारी भएका बेला गरिने विभेद तथा हानिकारक अभ्यासबारे समेत कार्यक्रममा छलफल गरियो । गुलरिया नगरपालिकाकी नगरप्रमुख सावित्रा गौतमको प्रमुख अतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण मथुरा स्वास्थ्य चौकीका प्रमख कमल भट्टराइले गर्नु भएको थियो ।

सम्बन्धित समाचार

Facebook Comments