• १३ माघ २०८१, आइतवार
  • १५ °C काठमाडौं
दिवसको अवसर पारेर अपांगता भएका ब्यक्तीलाई राहत 

दलबहादुर सुनार, १९ मंसिर, बढैयाताल (बर्दिया) । ३३ औ अन्तर्राष्ट्रिय अपांग दिवसको अवसरमा बढैयातालका दुई जना अपांगता भएका ब्यक्तिलाई राहत हस्तान्तरण गरिएको छ ।  महिला तथा बाल बालिका शाखा बढैयातालले मंगलवार अतिबिपन्न पुर्ण अशक्त र अतिशक्त अपांगता भएका ब्यक्तिलाई राहत सामाग्री वितरण गरेको हो । 

हरेक वर्ष ३ डिसेम्वरका दिन  मनाईने अन्र्तराष्ट्रिय अपांग दिवसको अवसरमा राहत सामाग्री बिरण गरेर केहि दिनको लागि भए पनि छाक टार्न सहयोग पुगोस भन्ने उद्देश्यले बितरण गरिएको महिला वालवालिका तथा जेष्ठ नागरिक शाखाले जनाएको छ । बढैयाताल गाउँपालिका वडा नं ९ जनता नगरका अतिअशक्त पुर्ण दृष्टि विहिन अपांगता भएका उमाकान्त भट्टराई र बढैयाताल गाउँपालिका वडा नं ४ का  पुष्प नगरका  पुर्ण अशक्त अपांगता भएका ब्यक्ति रेवती कुँवरलाई राहत सामाग्री वितरण गरिएको छ । 

बढैयाताल गाउँपालिकाका उपाध्यक्ष एवं अपांगता परिचय पत्र वितरण समन्वय समितिका संयोजक लक्ष्मी कुमारी अधिकारीको नेतृत्वमा गएको टोलीले उनिहरुकै घरमा पुगेर १/१ बोरी चामल, १/१ लिटर तेल, ३/३ किलो दाल, १/१ पोका सरफ र ६/६  वटा सावुन वितरण गरिएको महिला शाखा प्रमुख सुजिता चौधरीले जानकारी दिनुभयो । समावेशी तथा दिगो भविष्यको पुर्वाधार, अपांगता भएका  ब्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार भन्ने मुल नाराका साथ बढैयातालमा ३३ औ  अन्तर्राष्ट्रिय अपांग दिवसको सन्दर्श पारेर यहि मंसिर २१ गते बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुबेदीले जानकारी दिनुभयो । 

सम्बन्धित समाचार

Facebook Comments