बढैयातालको ८ नम्बर वडा बाल विवाहमुक्त घोषणा
दलबहादुर सुनार, १९ मंसिर, बढैयाताल (बर्दिया) । बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ८ लाई बाल विवाह मुक्त वडा घोषणा गरिएको छ । लैङ्गिक हिसा बिरुद्धको १६ दिने अभियानको अवसरमा आयोजना गरिएको घोषणा सभा तथा सम्मान समारोहमा बढैयाताल गाउँ पालिकाको ८ नम्बर वडालाई बाल बिवाह मुक्त घोषणा गरिएको हो ।
वडामा गरिएको सर्वेक्षण अनुसार २० प्रतिशतभन्दा कम १६ प्रतिशत बाल बिवाहको अवस्था रहेको र बाल बिवाह सम्बन्धी रणनीति, बाल संरक्षण नीति, बालबिवाह मुक्त अभियान सञ्चालन निर्देशिका, अनुरुप बाल अधिकार संरक्षण समिति बढैयातालको मापदण्ड पुरा भएकोले वडालाई बालबिवाह मुक्त घोषणा गरिएको छ । ८ नम्बर वडा कार्यालयको आयोजनामा सोमबार भएको घोषणा सभामा बाल विवाह मुक्त वडा घोषणा तथा सम्मान समारोह कार्यक्रमका प्रमुख अतिथि लुम्बिनि प्रदेशका भौतिक तथा पुर्वाधार मन्त्रि भुमेश्वर ढकालले पानसमा दिप प्रज्वलन गरि समारोहको उद्धघाटन गर्नु भयो ।
मन्त्री ढकालले शुभकामना मन्तब्य राख्दैे बाल विवाह मुक्त वडा घोषणा गर्ने महान अभियानलाई सफल पार्न भुमिका खेल्ने स्थानिय सरकार, संघ सस्था नागरिक समाज लगायतलाई सम्मान गर्ने कार्यक्रमले थप हौसाला प्रदान गर्ने बताउनु भयो । बर्दिया जिल्ला अनेकौ सम्भावना बोकेको ऐतिहासिक जिल्ला भएको र जिल्लाको बिकास र समृद्धिको लागि लुम्बिनी प्रदेश सरकारले अगाडी बढाएको बताउनु भयो । प्रदेश स्तरको खेल मैदान बनाउनको लागि भोलिका दिनमा मैदान निमार्णका लागि बजेटको ब्यबस्था गर्ने प्रतिबद्धता समेत मन्त्री ढकालले जनाउनु भयो ।
हामी बाल विवाह प्रति सचेत छौं, हामीलाई बाल विवाह स्वीकार्य छैन, बाल विवाहको निम्तोलाई स्वीकार गर्दैनौ, हामी बाल अधिकारको सम्मान गर्दछौ, बढैयातालको ८ नम्बर वडालाई बाल विवाह रहित बनाउन प्रतिबद्ध गछौं, बाल विवाह गर्ने गराउनेलाई कानुन बमोजिम कारवाहीका लागि पहल गर्ने छौ, विवाह गर्नु पुर्व वडा कार्यालयको अनुमति पत्र लिएर मात्र गर्ने गराउने छौ, आजको मिति देखी बढैयातालको वडा नम्बर ८ लाई बाल विवाह मुक्त वडा भएको घोषण गर्दछौ लगाएतका बुँदा रहेको साझा प्रतिबद्धतामा मंगलवार स्थानिय नागरिक, सरोकार वालाहरुले ऐक्यबद्धता जनाउदै बाल विवाह मुक्त वडा घोषणा गरिएको वडाले जनाएको छ ।
संस्कृति झल्किने मनोञ्जनात्क प्रस्तुति गरिएको घोषणा सभामा बाल विवाहमुक्त गर्ने अभियानमा सहयोग गर्ने संघ संस्था लगायत ब्यक्तिहरुलाई सम्मान पत्र र दोसल्ला वाट सम्मान गरिएको छ । नेपालको मुलुकी अपराध संहिता ऐन २०७४ ले र बाल अधिरकार सम्बन्धि ऐन २०७५ ले विवाह गर्ने उमेर २० वर्ष तोकेको छ । बाल विवाह गर्ने गराउनेलाई दण्ड सजायको ब्यवस्था समेत गरेको छ । कानुनको पालना गर्न र गराउनको लागि वडा कार्यालय र बाल विवाह बिरुद्ध काम गर्ने साझेदार सस्था आवाज, बाँके युनेस्को क्लब लगाएतले गरेका घरदैलो सवेक्षण अनुसार २०२४ सम्ममा १६ प्रतिशत बाल विवाहको अवस्था रहेकोले बाल विवाह वडा घोषणा गरिएको जनाईएको छ ।
वडा नम्बर ८ का अध्यक्ष तेजनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रमका बिशिष्ट अतिथि तथा लुम्बिनि प्रदेशका सभा सदस्य भुवनेश्वर चौधरी, बढैयाताल गाउँ पालिका अध्यक्ष हिमालय त्रिपाठी, प्लान नेपालका क्षेत्रिय कार्यालय प्रमुख अम्बिका प्रसाद तिमिल्सिना, बाके युनेस्को क्लबका कार्यकारी निर्देशक महेश नेपालीले बाल विवाह मुक्त वडा घोषणा गर्न सफल भएकोमा वडा कार्यालयलाई बधाई तथा शुभकामना मन्तब्य दिनुभयो । घोषणा भएको वडामा बाल विवाह हुन नदिन जनप्रतिनिधि, सरोकार वाला सबैले कानुनको पालना गर्नु पर्नेमा उहाँको जोड छ ।
बाल विवाह अनैतिक, बिकृति र बिसंगतिको रुपमा रहेकोे बताउदै सन २०२५ भित्र बढैयाताललाई बाल विवाह मुक्त पालिका घोषणा गर्ने लक्ष्य रहेको बताउदै बढैयातालका वडा नम्बर २, ३, ६, ७ र ५ यस अघि नै बाल विवाह घोषणा भएको र अव छिट्टै वडा नम्बर १ ,४ र ९ पनि तयारी अवस्थामा रहेको बतउनु भयो । बालबिवाह बिरुद्ध बनेका कानुनको पालना गर्न सबै नागरिक, स्थानिय सरकार लगाएत सरोकार वाला प्रतिबद्ध हुनुपर्ने उपाध्यक्ष लक्ष्मी अधिकारीले बताउनु भयो । घोषणा सभामा लुम्बिनी प्रदेशका मुख्य मन्त्रीका सल्हाकार लक्षमण ज्ञवाली, जिल्ला समन्वय समिति बर्दियाका संयोजक शंकर चौधरी, बढैयाताल गाउँपालिकाका निवर्तमान अध्यक्ष लाल बहादुर श्रेष्ठ सहभागी हुनुहुन्थ्यो ।
त्यस्तै कार्यपालिका सदस्यहरु, वडाध्यक्षहरु, प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुबेदी, बढैयातालका स्थानिय राजनितिक दलका प्रतिनिधिहरु, पुर्व जनप्रतिनिधि, उद्योग बाणिज्य संघ बढैयातालका अध्यक्ष बालकृष्ण लामिछाने, सारदा बहुमुखि क्याम्सका अध्यक्ष प्रेमराज त्रिपाठी, ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरिक्षक राजेश शाहु, स्थानिय बिद्यालयका प्रधानाध्यापकहरु, विग्रुपका प्रतिनिधि, टोल विकासका अध्यक्षहरु, स्थानिय बड्घर, नागारिक समाजका प्रतिनिधि स्थानिय बाल क्लब, महिला समुह, युवा क्लब सहकारी, सामुदायिक बनका प्रतिनिधि, बिद्यार्थी, कर्मचारी, पत्रकार लगायतको सहभागिता थियो ।
घोषणा सभामा स्वागत मन्तब्य ८ नम्बर वडाका सदस्य दिल्ली प्रसाद गौतम र संचालन हिक्मत सुनारले गर्नु भएको घोषणा सभामा नेपाल आइडल करण परियार, गोचाली यूवा क्लब र बर्दिया एकेडेमिका विद्यार्थीद्वारा सन्देश मुलक नाटक प्रस्तुत गरिएको थियो । स्थानिय थारु समुदायको मयुर नाच, पञ्चेवाजा समुह, मुस्लिम समुदायको बाजा, लगाएतका बिभिन्न सँस्कृति झल्किने मनोरञ्नात्मक प्रस्तुति गरिएको थियो ।
Facebook Comments