• ७ फागुन २०८१, बुधवार
  • १७ °C काठमाडौं
गुलरियामा नगरस्तरिय परामर्श समितिको छलफल

मुरली गोडिया, ९ माघ, बर्दिया । गुलरिया नगरपालिकामा नगर परियोजना परामर्श समितिको नियमित बैठक बसेको छ । गुलरिया नगरपालिकाको आयोजना र माइती नेपाल बर्दियाको सहजीकरणमा बैठक बसेको छ । 

बैठकमा बर्दिया जिल्ला सहित गुलरिया नगरपालिका समेत खुल्ला सिमानाका कारण सिमा नाकाबाट मानव बेचबिखन लगायत क्रियाकलापका घटना हुन सक्ने हँुदा सबैले रोकथामका लागि प्रयास गर्नु पर्ने छलफलमा जनाइएको थियो । गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवको अध्यक्षतामा बसेको बैठकमा माइती नेपालद्वारा मानव बेचविखन तथा ओसारपसार विरुद्ध रोकथाम, उद्धार पुर्नस्थापना कानुनी एवं स्वास्थ्य सेवा, आवश्यक परामर्श सहितको पुर्नस्थापना केन्द्र संचालन नेपाल भारतको सिमाना गुलरियाको सुरजपुर नाकामा, बढैयातालको फुटहा बलैगाँउ नाकामा, मधुवनको शक्तिपुर नाकामा सुचना तथा परामर्श केन्द्र स्थापना गरि रोकथामका क्रियाकलाप गरिएको जानकारी गराइएको थियो । 

यस्तै जनतेतना मुलक कार्यक्रमहरु स्थानियतह नेपाल प्रहरी प्रशासन सरकारी तथा गैरसरकारी निकायहरु विभिन्न संघसंस्था र सरकोकारवाला निकायहरु, युवा विद्यार्थी विद्यालयमा किशोर किशोरीहरु सहितको कार्यक्रमको समिक्षागर्दै आगामी वर्षहरुमा पनि उल्लेखित क्रियाकलापहरु एवं कार्यक्रमहरुको निरन्तरता दिने निर्णय गरिएको माइती नेपाल बर्दियाले जनाएको छ । बैठकमा उपप्रमुख सावित्रा गौतम, प्रमुख प्रशासकिय अधिकृत ओमकार शाह, वरिष्ठ शाखा अधिकृत मुकुन्द आर्याल सहित प्रहरी, प्रशासन, पत्रकार, गैरसरकारी निकायका प्रतिनिधी लगायतको सहभागीता थियो । कार्यक्रमको सहिजीकरण माइती नेपाल बर्दियाकी प्रमुख गायत्री रिमालले गर्नु भएको हो ।

सम्बन्धित समाचार

Facebook Comments