• ७ फागुन २०८१, बुधवार
  • १९ °C काठमाडौं
माइती नेपालद्वारा ९ वर्षमा २ हजार बढीलाई सिमाबाट उद्धार

मुरली गोडिया, १० माघ, बर्दिया । माइती नेपाल बर्दियाले ९ वर्षको अवधिमा २ हजार भन्दा बढीलाई विभिन्न सिम नाकाबाट उद्धार गरेको छ । आर्थिक वर्ष २०७२/०७३ देखी आ.वा.०८०/०८१ सम्म ९ वर्षको अवधिमा बर्दिया जिल्लाको विभिन्न सिमा नाकाबाट जोखिमपुर्ण यात्रामा सिमा नाबाट २ हजार ५ जनालाई उद्धार गरि आवधिक गृहमा प्रवेश गराइएको र आवश्यक परामर्श प्रदान गरिएको माइती नेपालको तथ्याङ्कमा उल्लेख छ । 

माइती नेपाल बर्दियाले विहिबार गुलरियामा मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागी संचारकर्मिसंग गरेको अन्तक्रिया कार्यक्रममा यो तथ्यांक पेश गरिएको हो । चालु आर्थिक वर्षमा मात्रै बर्दिया जिल्लाका नाकाहरु बाट ३ सय ३५ जनालाई सिमा नाकाबाट उद्धार गरि आवधिक गृहमा प्रवेश गराइएको र आवश्यक परामर्श प्रदान गरिएको माइती नेपाल बर्दियाकी प्रमुख गायत्री रिमालले जानकारी गराउनुभयो । उद्धार हुनेहरु बर्दिया सहित २० जिल्लाका महिला तथा बालबालिका रहेको उहाँले बताउनु भयो । 

३ सय ३५ जना मध्ये ब्राम्ह्ण क्षेत्री ७७, जनजाती १ सय ३४, दलित ८३ र आदीबासी ४१ जना रहेका छन । ९ वर्ष देखिीको तथ्यांक अनुसार २ हजार ५८ जनलाई मानव बेचविखन र सुरक्षित बसाई सराई बारे जानकारी दिई पारिवारिक पुर्नमिलन गराइएको, ३० जनालाई श्रम र यौन शोषनमा परि उद्धार गरिएको, ४ सय ३३ जनालाई मानव बेचविखन र सुरक्षित बसाई सराई बारे बोर्डरबाट परामर्श दिई घर फिर्ता गरिएको छ । यस्तै माइती नेपाल बर्दियामा विभिन्न समयमा खोजतलासको लागी ५ सय ५४ जनाले निवेदन परेका थिए भने हाल सम्म १ सय ३१ जनालाई मात्र फेला परेका छन । 

यसैगरि माइती नेपाल बर्दियाका अनुसार हाल सम्म ५ सय १४ वटा घरेलु हिंसाका घटनाहरु आएकोमा ४ सय ५२ वटा घटना प्रहरी र माइती नेपालको पहलमा समाधान गरिएको जनाइएको छ । यसैगरि ९७ जना किशोरीलाई सिप मुलक तालिम प्रदान गरिएको, २२ वटा  बेचविखनको घटना मुद्धा दर्ता भएकोमा कानुनी सहयोग आवश्यक परामर्श गरिएको र २ सय ३३ वटा जबरजस्ती करणी मुद्धा दर्ता भएकोमा आवश्यक कानुनी सहयोग र परामर्श गरिएको छ । कार्यक्रममा बोल्दै पत्रकार महासंघ बर्दियाका अध्यक्ष निर्मल घिमिरेले माइती नेपाल बर्दियाले सिमामा रहि समाजिक कार्य गरिरहेको भन्दै प्रशंसा गर्नु भयो ।

पत्रकारहरु माइती नेपालले पनि सिमा क्षेत्रमा हुने मानव बेचविखनका घटना नियन्त्रणका लागी विगत देखी नै सहकार्यगर्दै आएको उल्लेखगर्दै भोलीका दिनमा समेत निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो । माइती नेपाल बर्दियाले जिल्लाको ३ पालिकाको सिमा क्षेत्रमा सुचना तथा परामर्श केन्द्र स्थापना गरि कार्यगर्दै आइरहेको छ । जसमा गुलरियाको सुरजपुर नाका, बढैयाताल गाँउपालिकाको फुटहा नाका र मधुवन नगरपालिकाको शक्तिपुर नाकामा आवतजावत गर्ने महिला किशोरीलाई सुचना तथा परामर्श दिंदै आएको छ ।

सम्बन्धित समाचार

Facebook Comments