• ७ फागुन २०८१, बुधवार
  • १७ °C काठमाडौं
मधुवनको ३ नम्बर वडाद्वारा स्थानीय अगुवाहरुलाई सम्मान 

हरि गुरुङ, १२ माघ, मधुवन (बर्दिया) । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ३ बालकुमारी वडा कार्यालयले स्थानीय अगुवाहरुलाई सम्मान गरेको छ । पालिका भित्रका बरघर, चौकिदार, गुरुवा, सोडेनी तथा द्वन्द्व पीडितहरु गरि ५१ जनालाई दोसल्ला, ज्याकेट र ब्ल्यांकेट सहित वडाले सम्मान गरेको हो ।

वडा बजेटबाट विनियोजित ७५ हजार रुपैयाबाट सामान खरिद गरि वितरण सम्मान गरिएको मधुवन नगरपालिका वडा नं–३ बालकुमारीका वडा अध्यक्ष नारायण मल्लले जानकारी दिनु भएको छ । कार्यक्रमका प्रमुख अतिथि मधुवन नगरपालिकाका नगरप्रमुख तेज बहादुर भाट, कार्यपालिका सदस्य राधा पौडेल, वडा सदस्यहरु केशब पुन, लगायत विभिन्न राजनैतिक दलका प्रतिनिधि, बरघर, चौकिदार, गुरुवा, सोडेनी तथा द्वन्द्व पीडितहरुको कार्यक्रममा सहभागीता थियो ।

प्रमुख अतिथि भाटले विभिन्न लक्षित समुहलाई सहजरुपमा सम्मान गर्नुपर्ने बताउनु भएको छ । बाटो बनाउने मात्रै विकास होईन, समाजमा पिछडिएका वर्गहरुलाई उत्थन र राजनैतिक विकास नगरे सम्म समग्र विकास नमानिने उहाँको भनाई छ । समग्र विकास कै लागि विविध काम गर्नुपर्ने उहाँले प्रष्ट्याउनु भयो । नेपाल सरकारको निति अनुसार सम्मान गरिएको उहाँको भनाई छ । वडा अध्यक्ष नारायण मल्लको सभापतित्वमा भएको कार्यक्रम भरत बहादुर केसीले संचालन गर्नु भएको थियो ।

सम्बन्धित समाचार

Facebook Comments