खैरापुरमा राधाकृष्ण श्रृगारिक महाआरतीसँगै धर्म जागरण सप्ताह महामहोत्सव शुरु
मुरली गोडिया, १२ माघ, बर्दिया । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर १ र २ को सिमाना खैरापुर बजारमा अवस्थित राधाकृष्ण श्रृगारिक महा आरतीसँगै धर्म जागरण सप्ताह महा महोत्सव शुरु भएको छ । माघ १२ गतेदेखि शुरु भएको धार्मिक महायज्ञ १८ गते ७ दिन सम्म चल्नेछ ।
धार्मिक यज्ञको गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले दिप प्रज्वलन गरि उद्घाटन गर्नु भएको हो । यज्ञमा सिद्ध श्रृगारिक महा आरती दर्शन, सुसंस्कारित समाज निर्माण, राष्ट्रिय कलाकारद्वारा भजन, किर्तन, प्रर्वचन, झाँकी प्रर्दशन, बाल संस्कार लगायतका जनजागरण कार्यक्रम हुने कार्यक्रमका प्रमुख कथा बाचक रिसिकेश उपाध्ययले जानकारी गराउनु भयो । कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख मुक्तिनाथ यादवले राधाकृष्ण मन्दिरको विकासका लागी गुलरिया नगरपािलका सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्न भयो ।
पछिल्लो समयमा धार्मिक कार्यक्रममा पुरुषहरुको लगाव कम र महिलाहरुको लगाव अत्याधिक भएको भन्दै सनातनको रक्षाका लागी सवै एक हुन उहाँले आग्रह गर्नुभयो । १८ गते सम्म संचालन हुने उक्त धार्मिक अनुष्ठानको सफलताको शुभकामना दिंदै नगरप्रमुख यादवले वडा नम्बर १ र २ का वडा अध्यक्षलाई सफल बनाउन विशेष भुमिका खेल्न आग्रह समेत गर्नुभयो । धर्म जागरणगर्दै खैरापुर बजारको चोकमा अवस्थित राधाकृष्ण मन्दिरको सर्वाङ्गीण विकास, जग्गा खरिदसँगै अक्षयकोष स्थापनार्थ साप्ताहिक धार्मिक अनुष्ठान गरिने भएको मूल समारोह समितिका अध्यक्ष पार्वती अधिकारीले जानकारी दिनुभएको छ ।
कार्यक्रम गुलरिया नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु, धार्मिक संस्थाका प्रतिनिधी, स्थानिय अगुवा, भक्तजन लगायतको सहभागीता रहेको थियो । सडक किनारमा अवस्थित राधाकृष्ण मन्दिरको सर्वाङ्गीण विकासको लागि सहयोग गर्न राधाकृष्ण मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष सुब्बा प्रसाद सिटौलाले अनुरोध गर्नु भएको छ । उहाँले सबैलाई महा आरतीमा सहभागी हुन निमन्त्रणा समेत गर्नुभएको छ ।
Facebook Comments