बर्दियाको गुलरिया स्थित सन्तोषी मन्दिरमा धार्मिक सप्ताह ज्ञान महायज्ञ
चुरेकुञ्ज, ४ फागुन, बर्दिया । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ५ स्थित सन्तोषी माता मन्दिर परिसरमा श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ शुभारम्भ भएको छ । विहिवारदेखि प्रारम्भ भएको धार्मिक कृत्य फागुन ८ गते सम्म चल्नेछ ।
श्रीमदभागवत कथावाचिका देवी सुप्रिया किशोरीको मुखारविन्दबाट प्रवचन भैरहेको अनुष्ठानमा दैनिक विहान ७ वजेदेखि ९ बजे सम्म, दिउँसो ११ बजेदेखि ५ बजे र वेलुकी ७ बजेदेखि १० बजेसम्म विभिन्न धार्मिक प्रवचन एवं झांकी प्रर्दशन हुने आयोजकले जनाएको छ ।
मन्दिरको प्रर्वद्धन एवम अक्षयकोष निर्माणका लागि प्रारम्भ गरिएको महायज्ञमा धान्याञ्चल, तुलादान, चौरासी पूजा, अन्नदानको साथै द्रब्यदान गर्न सकिने बताइएको छ ।
Facebook Comments