• ३ चैत २०८१, सोमवार
  • २५ °C काठमाडौं
बढैयातालमा बिद्यालयका शिक्षकलाई पाठ्यक्रम निर्माण तालिम  

दलबहादुर सुनार, ५ फागुन, बढैयाताल (बर्दिया) । बढैयाताल गाउँपालिका अन्र्तगतका सामुदायिक विद्यालयका शिक्षकहरुलाई स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धी दुई दिने तालिम दिईएको छ ।  विद्यालयहरुमा एकरूपता ल्याउने उद्देश्यले स्थानीय पाठ्यक्रम निमाणार्थ वडा नम्बर ९ को कार्यालयमा शनिवार देखि आइतबार सम्म तालिम दिईएको हो । 

बढैयाताल गाउँपालिका वडा नम्बर ९ अन्तरगत रहेका सामुदायिक विद्यालयका शिक्षकहरूलाई पाठ्यक्रम प्राधिकरण र प्रश्नउत्तर बनाउने तरिका सिकाउने उद्देश्यले आयोजना गरिएको उक्त तालिममा ६२ जना शिक्षकको सहभागिता रहेको वडाले जनाएको छ । बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विकास शर्मा रिजालको प्रमुख आतिथ्यता तथा वडाध्यक्ष बिर बहादुर थारुको अध्यक्षतामा भएको समापन कार्यक्रममा स्थानीय वडा नम्बर ९ स्थित सामुदायिक विद्यालयका शिक्षकहरूको उपस्थिति थियो ।  

शिक्षकहरू लाई  पुर्नताजकि  गराउन र समुदायलाई विद्यालय सम्म पहुँच पुर्याउने उद्देश्यले आयोजना गरिएको  तालिममा  पुष्पराज पौडेल‚ बबिता पौडेल‚ धर्मप्रसाद शर्मा‚ कालीप्रसाद  थारु‚ नारायण पराजुली लगायतले सहजिकरण गर्नु भएको वडाध्यक्ष बिर बहादुर थारुले जानकारी दिनु भयो ।   

सम्बन्धित समाचार

Facebook Comments