ठाकुरबाबामा अवस्थित जनचाहाना आधारभूत विद्यालयको बार्षिक उत्सव मनाईयो
चुरेकुञ्ज, ७ फागुन, बर्दिया । ठाकुरबाबा नगरपालिका वडा नम्बर १ मा अवस्थित जनचाहना आधारभूत विद्यालय, डुम्रेनीको ३४ औं बार्षिकोत्सब तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । लुम्विनी प्रदेस सरकारका सामाजिक विकास मन्त्री माननीय जन्मजय तिमिल्सिनाको प्रमुख आतिथ्यतामा आयोजित वार्षिकोत्सव कार्यक्रम भवन उद्घाटन, छात्रवृति वितरण, सांस्कृतिक कार्यक्रम तथा भेषभुषा प्रस्तुति गरि मनाईएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै सामाजिक विकास मन्त्री तिमिल्सिनाले ठाकुरबाबा प्रज्ञा प्रतिष्ठानका अध्यक्ष कृष्ण प्रसाद पौड्याल, वडा अध्यक्ष निमराज खनाल, शिक्षाप्रेमी समाजसेवी नन्दाराम तिमिल्सैना, पूर्व प्रधानाध्यापक लक्ष्मी पौडेलले विद्यालयको उत्तरोत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्नु भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवानन्द जैसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक यज्ञ प्रसाद नेपालले स्वागत मन्तव्य तथा विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम संचालन सहायक प्रधानाध्यापक हेमराज तिमल्सिनाले गर्नु भएको थियो । कार्यक्रममा जनचाहना आ वि का पूर्व विद्यार्थी वडाध्यक्ष निमराज खनाल, रुकुम अस्पतालका मेडिकल अधिकृत डा.देवेन्द्र टमटा, बाँसगढि नगरपालिका शिक्षा शाखा प्रमुख छत्रबहादुर शाही, खो खो विश्वकप उपविजेता निशा शाही, आशा थारु र पुनम थारु, शिक्षक दीनेश तिमिल्सैना, राधिका न्यौपाने र पवित्रा शाहीलाई जनचाहना गौरबको रूपमा सम्मान गरिएको प्रधानाध्यापक यज्ञ नेपालले जानकारी गराउनु भयो ।
कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष स्व. लिलाप्रसाद अधिकारी, उपाध्यक्ष स्व. कालुराम थारु, विद्यालय स्थापनाको अगुवाई गर्ने संस्थापक तथा पूर्व वि.व्य.स.अध्यक्ष जन्मजय तिमिल्सिना लगायत विद्यालय स्थापना गर्दा उपस्थित सम्पूर्ण संस्थापकहरु, जग्गादाता स्व. मोतीराम न्यौपाने, स्व. हस्ते कामी, प्रसादे कामी र महोधरा घोडासैनी, विद्यालय व्यवस्थापन समिति एवम् शिक्षक अभिभावक संघका पूर्व अध्यक्षहरु, संस्थापक अक्षयकोषदाता कण्ठ कठायत लगायतका अक्षयकोष संस्थापकहरु, शैक्षिक अगुवा कृष्ण प्रसाद पौड्याल, बि ग्रुप, बेस बर्दिया, जनचाहना पूर्व विद्यार्थी समूह, जेष्ठ नागरिक चौतारी, खसान सांस्कृतिक संस्था लगायतका सहयोगी संघ संस्थाहरुलाई सम्मान गरिएको छ ।
यसैगरी शैक्षिक सत्र २०८० मा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी, राष्ट्रपति रनिङ शिल्डमा पदक विजेता विद्यार्थी र खोखो खेलका विश्वकप विजेता खेलाडीहरुलाई विद्यालयमा स्थापित छात्रवृति अक्षयकोष मार्फत नगद पुरस्कार र सम्मान पत्रद्वारा सम्मान गरिएको छ । यसैगरी विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो ।
Facebook Comments