बाल संरक्षण र कानुनी व्यवस्था बारे सरोकारवालालाई अभिमुखिकरण
हरि गुरुङ, ८ फागुन, मधुवन (बर्दिया) । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ मा बाल संरक्षण समिति र सरोकारवालाहरुलाई बाल संरक्षण र कानुनी व्यवस्था बारे एक दिने अभिमुखिकरण बिहिवार ठाकुरद्वारामा सम्पन्न भएको छ । बालविवाह न्यूनीकरण परियोजना अन्तर्गत प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणिय विशिष्टता समूह (बी–ग्रुप) बाँकेको साझेदारीमा कार्यक्रम संचालन गरिएको हो ।
कार्यक्रममा मधुवन नगरपालिका वडा नं– १, २ र ३ का बाल अधिकार समिति र सरोकारवालाहरुलाई बाल अधिकार, संरक्षण, राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनी प्रावधानका बारेमा अभिमुखिकरण गरिएको थियो । अभिमुखिकरण कार्यक्रममा मधुवन नगरपालिका वडा नं–१ का वडा अध्यक्ष मीन बहादुर थापा, वडा नं–२ वडा अध्यक्ष आसाराम चौधरी, मधुवन नगरपालिका सुर्यपटुवा स्वास्थ्य चौकी प्रमुख पुर्ण बहादुर न्यौपाने, मेलमिलाप कर्ता लगायत गाउँ बरघरहरु गरि २५ जनाको सहभागीता रहेको बाल विवाह न्यूनीकरण परियोजनाका कार्यक्रम संयोजक जयलाल बि.क. ले जानकारी दिनु भएको हो ।
Facebook Comments