• ११ वैशाख २०८२, बिहिवार
  • १९ °C काठमाडौं
राजसंस्था पुर्नस्थापनको मागगर्दै बर्दिया सदरमुकाम गुलरियामा मोटर साईकल ¥याली

विष्णु अधिकारी, २८ फागुन, बर्दिया । बर्दियामा राजसंस्था र हिन्दुराज्यको मागगर्दै मोटर साईकल ¥याली निकालिएको छ । मोटर साईकल ¥याली मार्फत राजसंस्था र हिन्दुराज्य पुर्नस्थापना गर्न मागगर्दै नारावाजी गरिएको छ । 

मोटर साईकल ¥यालीले गुलरिया नगरपालिकाको विभिन्न स्थानहरुको परिक्रमा गरी राधाकृष्ण चोक गुलरियामा कोण सभामा परिणत भएको थियो । कोण सभालाई राप्रपा नेता धवल सम्शेर राणाले सम्बोधनका क्रममा विविधता भएको देशमा राजतन्त्र आवश्यक रहेको बताउनु भएको छ । नेपालमा गणतान्त्रिक ब्यवस्थाको गलत अर्थ लगाएर नेताहरुले भजाई खाने बाटो बनाएकाले यो ब्यवस्थाको विरुद्धमा जनता सडकमा आएको उहाँको भनाई छ ।

प्रजातन्त्र दिवसको अवसर पारेर पूर्व राजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुले राम्रो गर्लान भन्ने आशाले सहज रुपमा आफुले राजगद्धी त्यागेको तर आज देश र जनताको अवस्था हिजो भन्दा कम्जोर देखेर आफु सक्रिय हुन खोजेको अभिब्यक्ती राणाले उल्लेख गर्नुभयो । 

सोही वक्तव्य पश्चात देशका विभिन्न जिल्लाहरुका राजवादीहरुले हिन्दुराज्य सहितको राजसंस्था पुर्नवहालीको माग उठाउँदै आएका छन् । मोटर साईकल ¥यालीमा सहभागिहरुले नेताहरुका अघिपछि हिड्नेले मात्र विकासको अनुभुति गरेका होलान तर जनताहरुले कुनै पनि किसिमको अनुभुति गर्न नपाएको बताएका छन् । देशमा रोजगारीको अवसरहरु सृजना नहुँदा छोरा नातिहरु रोजगारीका लागि विदेश पलाएन हुनु पर्ने पिडाले पिरोलिरहेको कारण राष्ट्रिय झण्डा बोकेर सडकमा उत्रियको उनीहरुको आवाज थियो । 

०६२÷०६३ को संयुक्त आन्दोलमा राजालाई जनताले नफाली नेताले फालेका कारण नेताहरुको आज आएर मुकुण्डो उजागर भएको ¥यालीमा सहभागिहरुले बताएका थिए । मोटर साईकल ¥यालीमा सहभागि युवाहरुले राजनैतिक दलका नेताहरुको रवैयाबाट दिक्क भएर उनीहरुबाट देशको विकास सम्भव नदेखिएकाले आन्दोलनमा उत्रिन बाध्य भएको बताएका थिए । मोटर साईकल ¥यालीमा स्वतस्फुर्त रुपमा नागरिकहरु सहभागी भएका थिए । र्यालीको नेतृत्व अभियन्ता देवकमल पौडेलले गर्नुभएको थियो ।

 

सम्बन्धित समाचार

Facebook Comments