• ७ जेठ २०८२, मङ्गलवार
  • १८ °C काठमाडौं
बर्दियाको बाँसगढीमा पौडेल बंश नगरसमिति गठन

चुरेकुञ्ज, ६ बैशाक, बर्दिया । पौडेल वंश महासंघ बर्दियाले पौडेल वंशको बंशावली निर्माण, कुलपूजा बिधि सम्बन्धि उपसमिति एवम् पौडेल वंश बाँसगढी नगरसमिति चयन गरेको छ । शनिवार बर्दियाको बाँसगढी स्थित कञ्चन पौडेल कुल मन्दिरमा आयोजित बाँसगढी नगरपालिका भित्रका पौडेल बन्धुहरुको भेलाले सर्वसम्मत समितिहरु चयन गरेको छ ।

भेलाले प्रेमराज पौडेलको अध्यक्षतामा १२ सदस्यीय पौडेल वंश बाँसगढी नगरसमिति सर्बसम्मत चयन गरेको नवनिर्वाचित समितिका सदस्य युगपति पौडेलले जानकारी दिनुभयो । समितिको उपाध्यक्षमा सावित्री सापकोटा पौडेल, सचिव विष्णुप्रसाद पौडेल, कोषाध्यक्ष मिना गौतम पौडेल चयन हुनु भएको छ । त्यस्तै सदस्यहरुमा युगपति पौडेल, काशिराम पौडेल, नारायण पौडेल, पुतली पौडेल, खगेन्द्र प्रसाद पौडेल, माधवप्रसाद पौडेल, प्रेमनारायण पौडेल र खिमप्रसाद पौडेल चयन हुनुभएको छ ।

पूजा समितिको संयोजकमा तुलसी प्रसाद पौडेल, मित्रलाल पौडेल, सरस्वती बराल पौडेल, गुमाकुमारी पौडेल र विष्णुप्रसाद पौडेल सर्बसम्मत चयन गरिएको छ । त्यस्तै बंशावली संकलन समितिको संयोजकमा कृष्णप्रसाद पौडेल (पिताम्बर) सहित ९ सदस्यीय समिति सर्बसम्मत चयन गरिएको छ । समितिको सदस्यमा लोकराज पौडेल, अम्बिका पौडेल, भक्तबहादुर केसी, झलक पौडेल, कृष्णप्रसाद पौडेल, रामकृष्ण पौडेल, युगपति पौडेल र माधव राज पौडेल चयन हुनु भएको छ ।

सम्बन्धित समाचार

Facebook Comments