बर्दियाको राजापुरमा सुरक्षित आवास हस्तान्तरण
केशव कोईराला, २६ बैशाख, बर्दिया । राजापुर नगरपालिका, ह्याविट्याट नेपाल र युनिक नेपालको सहकार्यमा सञ्चालित सुरक्षित आवास परियोजना अन्तर्गत राजापुर नगरपालिकामा सुरक्षित आवास हस्तान्तरण गरिएको छ ।
नगरपालिकाको वडा नम्बर ५ को चमकपुरमा १०, वडा नं. ८ को फुलबारिमा १३, वडा नं.४ को शान्तिपुरको मुक्तकमैया बस्तिमा १५ र शान्तिपुरकै सुकुम्बासी टोलमा ११ घर हस्तान्तरण गरिएको हो ।
नव निर्मित सुरक्षित आवासहरुको औपचारिक रुपमा राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले साँचो सहित हस्तान्तरण गर्नुभयो । आवास हस्तान्तरण सङ्गै बिपन्न, दलित एवं सुकुम्बासी समुदायका लागि स्थायी र सुरक्षित बासको सुनिश्चितताका लागि यो परियोजनाले महत्वपूर्ण कार्य गरेको स्थानीयको बुझाइ छ ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सम्बन्धित निकायका प्रतिनिधि तथा लाभग्राहीहरूको उपस्थिति रहेको युनिक नेपालका कार्यक्रम संयोजक डेमनडौराले जानकारी दिनुभयो ।
१० °C काठमाडौं
Facebook Comments