• ९ असार २०८२, सोमवार
  • २१ °C काठमाडौं
गुलरिया बजार क्षेत्रलाई सफा राख्न स्टेण्ड सहितको डष्टवीन

विष्णु अधिकारी, १ जेष्ठ, बर्दिया । गुलरिया नगरपालिकाको बजार क्षेत्रलाई स्वच्छ, सफा बनाउँदै फोहोर व्यवस्थापनमा सहयोग पु¥याउन वडा नम्बर ६ कार्यालयले डस्टबिन राखेको छ । कार्यक्रम अन्तरत गुलरिया नगरपालिकाको वडा नंं ६  बजार भित्रका विभिन्न ८ स्थानमा स्टेण्ड सहितको डस्टबिन राखिएको छ ।     

गुलरिया नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष सुधांशु प्रकाश शर्माले गुलरिया नगरपालिकाको बजार क्षेत्रलाई स्वच्छ र सुन्दर बनाउन आम नागरिकलाई पसल तथा घरहरुबाट निस्कने फोहोरलाई निश्चित ठाउँमा फोहोर ब्यवस्थापन गर्न आग्रह गर्नु भएको छ । फोहोर रोगको खानी भएकाले हाम्रो स्वास्थ्य र वातावरण सुरक्षित राख्न फोहोर ब्यवस्थापनका लागि सबै जागरुक हुन आवश्यक रहेको औल्याउनु भयो । उहाँले फोहोर ब्यवस्थापनका लागि स्थानीयको सहयोग अपरिहार्य रहेकोले सफा र हरियाली शहर निर्माण सबैको सामूहिक जिम्मेवारी रहेको बताउनु भयो ।

डस्टबिन मार्फत समुदायलाई फोहोर व्यवस्थापनमा सजिलो पार्न मद्दत पुर्याउने उद्देश्य वडाको रहेको जानकारी दिनुभयो ।आगामी दिनमा पनि नगर सफा र सुन्दर बनाउने कार्यलाई थप निरन्तरता दिने प्रतिवद्धता उहाँको छ ।  जैबिक बिबिधता, पर्यापर्यटन क्षेत्रको प्रचार प्रसार र बाताबरण सरसफाईको क्षेत्रमा कामगर्दै आएको वातावरण संरक्षण साईक्लिङ्ग समुह गुलरिया बर्दियाको सहकार्यमा डष्टवीन निर्माण भएको हो । स्वास्थ्य र सरसफाई मानब जिबनको प्राण भएकोले आफ्नो प्राण जोगाउन सबैले आफ्नो ब्यक्तीगत, घरायसी र बाताबरणिय क्षेत्रको सरसफाईमा ध्यान दिन जरुरी रहेको छ । स्टेण्ड सहितको डष्टविन निर्माण उपभोक्ता समितिले डष्टवीन निर्माण गरेको हो ।

 

सम्बन्धित समाचार

Facebook Comments