स्थानीयतहमा युवा सहभागीता बारे अभिमुखीकरण
मुरली गोडिया, १ जेठ, बर्दिया । स्थानीय तहमा युवा सहभागिताको ढाँचाबारे सरोकारवाला बीच अभिमुखीकरण गरिएको छ । गुलरिया नगरपालिकाको समन्वय तथा प्लान ईन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको साझेदारीमा संचालित सशक्त परियोजना अन्तर्गत किशोर किशोरी तथा युवाहरु सहित नगरपालिकाका जनप्रतिनिधीको सहभागितामा कार्यक्रम गरिएको हो ।
अभिमुखिकरण कार्यक्रममा नगरपालिकाका १२ वटै वडाका वडा अध्यक्षहरुको सहभागीता थियो । नगरपालिकाकी उपप्रमुख सावित्रा गौतमले युवाहरूको बढ्दो सक्रियता एवं सहभागिताले वडा र नगरमा हुने कामले गति लिनेमा विश्वास व्यक्त गर्नुभयो । आगामी वर्षको बजेट तर्जुमा गर्दा स्थानिय युवाहरूको मागलाई समेत ध्यान दिनुपर्ने उहाँको भनाई छ । बाँके युनेस्को क्लबको सशक्त बालिका परियोजनाका संयोजक गोविन्द प्रसाद लामिछानेले स्थानीय तहमा युवाहरूको सहभागिता गराउन सरोकारहरूलाई जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
अभिमुखिकरण कार्यक्रममा कार्यक्रम अधिकृत जनकराम थारु र फिल्ड सुपरभाइजर नग्मा मनिहारको उपस्थिति रहेका थियोे । यसैगरि बर्दियाको मधुवन नगरपालिकाका प्रमुख तेज बहादुर भाटको प्रमुख अतिथ्यता र वडा अध्यक्ष बलीलाम चौधरीको अध्यक्षतामा युवा सहभागीता बारे अभिमुखीकरण गरिएको हो । कार्यक्रममा युवा सहभागिता सम्बन्धि नीतिगत व्यवस्था, स्थानीय सरकारको अभ्यास र कार्यशैली र युवाहरुको सवालका बारेमा छलफल गरिएको छ ।
किशोरी र युवाहरुलाई योजनाहरु बन्ने क्रममा आफ्ना योजना बनाएर पेश गर्न समेत जानकारी गराईएको थियो । मधुवन नगरपालिकाका नगर प्रवक्ता मेक बहादुर गुरुङ्गले युवा लक्षित कार्यक्रम मार्फत सहभागिता भैरहेकोले थप जोड दिईने प्रतिवद्धता व्यक्त गर्नुभयो । नौ वटै वडाका वडा अध्यक्षहरुले युवाको सवालहरु प्रति गम्भीरता पूर्वक लागि पर्ने विश्वास दिलाएका छन् । कार्यक्रमको सहजिकरण वसन्त कुमार बि.सी.ले गर्नुभएको थियो भने फिल्ड सुपरभाइजर मिनु थारुले कार्यक्रमको व्यवस्थापन गर्नुभएको थियो ।
Facebook Comments